लामो अन्तरालपछि करीना र सैफ एउटै फिल्ममा

एजेन्सी । बलिउड फिल्ममा जोडीको रुपमा काम गर्दै वास्तविक जीवनकै जोडी बनेका नायिका करीना कपूर र नायक सैफ अली खान फेरी एक पटक एउटै फिल्ममा देखिने भएका छन् ।  

यसअघि फिल्महरु ‘टशन’, ‘ओमकारा’ र ‘कुर्बान’ मा यि दुईले सँगै काम गरेका थिए । पछिल्लो समय भने फिल्म ‘ह्याप्पी इन्डिंग्स’ मा यि दुईलाई एउटै पर्दामा देखिएको थियो । उक्त फिल्ममा करीनाको छोटोमात्र भुमिका रहेको थियो ।

सैफ अली खानको आगामी फिल्म ‘जवानी जानेमन’ मा पनि करीनाले यस्तै सानो भुमिकामा देखिने बताइएको छ । फिल्ममा करीनाले सैफको पूर्व प्रेमिकाको भुमिकामा काम गर्ने बताइएको छ ।

करीना पनि आफ्नो फिल्म ‘अंग्रेजी मिडियम’ को शुटिङको लागि लण्डन नै रहेको र सैफ पनि ‘जवानी जानेमन’ को शुटिङको लागि त्यहि रहेका छन् । छोरो तैमूरलाई पनि सँगै लगेको यस जोडीले फिल्ममा सँगै काम गर्ने खबर अहिले चर्चित भइरहेको छ ।

विवाह पश्चात पनि सैफ र करीना उत्तिकै व्यस्त रहेको बताइन्छ । यि चर्चित जोडी लामो समयपछि एउटै फिल्ममा देखिने खबरलाई सकारात्मक मानेपनी करीनाको छोटो भुमिका रहेकोले यसले व्यापारमा खासै फरक नपार्ने विश्लेषण गरिएको छ ।

यि दुई जोडीलाई लिएर बनाएको पुरा फिल्म हेर्नको लागि दर्शक लालायित रहेको बताइन्छ ।  

 

विश्वकै ह्याण्डसम अभिनेता ऋतिक

  ३२ साउन । ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन् । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ । जसले उनलाई विशेष

श्वेता तिवारीका श्रीमान् अभिनवले मुख खोले, सौतेनी छोरीको आरोपमा के भने ?

  काठमाडौा ३० साउन । टेलिभिजन नायिका श्वेता तिवारीको जीवनमा उथल–पुथल चलिरहेको छ । नायक अभिनव कोहलीसँग उनको दोस्रो विवाहमा पनि समस्यामा आइरहेको छ

यस्ताे गरेपछि आलोचना झेल्दै प्रियंका

भारत, २९ साउन । भारत-पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध

यसकारण धार परिर्वतन गर्दैछन् शाहरूख खान

मुम्बई, २६ साउन । बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म बक्स अफिसमा फ्लप भएका छन् । असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर