रुपामा तीनवटा चिस्यान केन्द्र स्थापना गरिँदै

पोखरा, ४ असार । कास्की जिल्लाको रुपा गाउँपालिकाभित्र तीनवटा चिस्यान केन्द्र स्थापना गरिने भएको छ । गण्डकी प्रदेश सरकारको रु ३० लाख र गाउँपालिकाको रु २० लाख गरी कूल रु ५० लाखको लागतमा चिस्यान केन्द्र स्थापना गरिन लागेको हो । 

गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार गाउँपालिकाअन्तर्गत तरकारीको पकेट क्षेत्रका रुपमा परिचित वडा नं ३ ताकाञ्जा, वडा नं ६ को रुपाकोट र वडा नं ७ को माझकोटमा १० टन क्षमताका छुट्टाछुट्टै तीन वटा चिस्यान केन्द्र स्थापना गरिने भएको हो ।

गाउँपालिकाका पोल्याङ, पिप्ले, रुपाकोट, सिर्कुतान र देउरालीलगायतका उर्वर फाँटहरुमा उत्पादित ताजा तरकारी तथा फलफूल भण्डारणमा चिस्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । चिस्यान केन्द्र स्थापनासँगै सो क्षेत्रमा ३०० भन्दा बढी मौसमी तथा बेमौसमी तरकारी कृषक लाभान्वित हुनेछन् । रासस

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि