शास्त्रीय संगीतले गर्छ क्यान्सर पीडितको उपचार 

काठमाडौं । जलतरंगको धुन सुनेकी एकजना क्यान्सर पीडित महिला उठेर ठमठमी हिँडेको देखेर उनको उपचारमा संलग्न चिकित्सक आश्चर्यचकित परेका छन् । क्यान्सर पीडितहरुको सघन शल्यक्रियापछिको समयमा उनीहरुको आत्मविश्वास बढाउन र पीडा कम गराउन संगीत थेरापीको प्रयोग गरिरहेका चिकित्सक यो घटनाबाट निकै उत्साहित भएको बताईएको छ । 

ताईवानको युआन्स जनरल अस्पतालमा स्तन क्यान्सर पीडित ६० महिलामाथि गरिएको अनुसन्धानबाट के थाहा भयो भने शल्यक्रियापछि नियमित म्युजिक थेरापीले प्रत्येक साता उनीहरुको पीडा घट्दै थकाई समेत कम हुँदै गएको छ । 

यसबाट चिकित्सकहरु उत्साहित पनि बनेका छन् । उनीहरुले हरेक दिन ३० मिनेट संगीत श्रवण गर्दा क्यान्सर रोगीको पीडा कम हुँदै जाने निष्कर्ष निकोलका छन् । ताईवानी चिकित्सकका अनुसार, जब क्यान्सर रोगीले नियमित संगीत श्रवण गर्नेछन् उनीहरुको मष्तिष्कमा निष्कने सकारात्मक रसायनले खुशी र उत्साह बढाउँदै लाने छ ।

कसरी हुन्छ यस्तो

ताईवानको युआन्स जनरल अस्पतालमा भएको अनुसन्धानपछि क्यान्सरका बिरामीले दिनहुँ ३० मिनट संगीत सुन्दा उनीहरुको मष्तिष्कबाट एन्डर्फिन,डोपामाईन र सेरोटोनिन जस्ता हार्मोन रसाउँछन् अनी बिरामीलाई खुशी र आनन्दको अनुभूति हुन्छ । 

शास्त्रीय र धार्मिक संगीत लाभदायी

अनुसन्धानकर्ताले ६० जना महिला क्यान्सर रोगीको स्तन क्यान्सरको उपचार गरेका थिए । दुइ समूहमा छुट्याएर गरिएको अनुसन्धानमा पहिलो समूहका पीडितलाई दिनहुँ संगीत सुनाईएको थियो । शान्ति र आनन्द महसुस हुने किसिमको संगीत उनीहरुलाई सुनाईएको थियो । विशेषज्ञको छनौट अनुसार क्लासिकल,परम्परागत ताईवानी संगीत र धार्मीक संगीत ती बिरामीलाई सुनाईएको थियो । यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको देखियो । तर दोस्रो समूहमा रहेका बिरामीलाई नदी र पानीको प्राकृतिक आवाज सुनाईएकोमा उनीहरुमा कुनै असर परेको पाईएन ।

नकारात्मक बिचारमा कमी

चिकित्सकले पहिला त ती महिलाको थकान,पीडा र लक्षणबारे बुझे । शल्यक्रियाको ६,१२ र २४ हप्तापछि फेरि परीक्षण गरियो । संगीतको प्रयोग प्रभावकारी देखियो । यसबाट उनीहरुमा सकारात्मक बिचार आएको अनी थकान समेत निकै घटेको देखियो । 

भारतमा सवा दुइकरोड क्यान्सर रोगी

शोधकर्ता चिकित्सक डा.फेंगचीका अनुसार, लन्डनमा प्रत्येक वर्ष ३ लाख ६० हजार क्यान्सर पीडित उपचारका  लागि अस्पतालमा पुग्ने गर्छन् । 

त्यसैगरी अमेरिकामा १८ लाख यस्ता रोगी उपचारका लागि चिन्तित रहेका पाईन्छ । भारतमा पनि क्यान्सरका रोगी निकै ठूलो संख्यामा बढिरहेको पाईएको छ । इन्डियन काउन्सील फर मेडिकल रिसर्चका अनुसार, भारतमा २ करोड २५ लाख क्यान्सका रोगी छन् । जसमा पुरुषको संख्या बढी रहेको छ ।

 भारतमा पनि संगीतको सकारात्मक प्रभाव

भारत पुणेका संगीतकार पण्डित मिलिन्दर तुलणकर क्यान्सर र कोमा सहित अरु धेरै बिरामीको उपचारका लागि संगीत चिकित्सा अर्थात् म्युजिक थेरापी प्रयोग गरिरहेका छन् । जलतरंग सहित अन्य संगीत चिकित्साबाट बिरामीकोे पीडा घटाउन उनले बिगत १३ वर्षदेखि मेहनत गरिरहेका छन् । उनले भारत सहित १५ देशका १७० शहरमा यसको कार्यशाला आयोजना गरिसकेका छन् । पण्डित मिलिन्दरका अनुसार,शास्त्रीय संगीत एक किसिमको वैज्ञानिक संगीत हो ।

पुणेको सिपला क्यान्सर रिसर्च सेन्टरले क्यान्सर लागेको सुरुको समयमा वाद्य संगीत प्रस्तुत गर्दथ्यो । करीब १५ वर्ष अघि क्यान्सर पीडित एक महिलालाई जलतरंगको धुन सुनाईएको थियो । नियमित त्यो धुन सुनेकी ती महिला केही समयपछि त आफैं उठेर ठमठमी हिँड्न सकेकी थिईन् । यो आश्चर्यलाग्दो उपलव्धि हासिल भएपछि पण्डित मिलिन्दले व्यक्तिको म्युजिक मेमोरी नष्ट नहुने निष्कर्ष निकाले । मृत्यु अघिसम्म यो शक्ति कायम रहने उनको दावी रहेको छ । (एजेन्सीको सहयोगमा)

 
 
 

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

 केले टोकेमा के लगाउने, यस्तो छ उपचार

 विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ     विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका