संसदको ‘टसल’ सामाजिक सञ्जालमा

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मंगलबार बोल्न लाग्दा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । बैठकबाट शुरु भएको, प्रधानमन्त्री पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी पहिला बोल्ने भन्ने विषयको विवाद, सामाजिक संजालमा सरेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पहिले बोल्न खोजेका थिए । सभामुख कृष्ण बहादुर महराले कांग्रेसको मागलाई वास्ता नगर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने मौका दिएपछि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कार्यक्रम यसअघि नै तय थियो ।

प्रधानमन्त्री रोस्टममा पुग्नासाथ प्रतिपक्षी सांसदको विरोध शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले सांसदहरूलाइ आफ्नो सिटमा बस्न निरन्तर आग्रह गरेका थिए । बोल्ने तयारीका साथ गएका प्रधानमन्त्री ओलीले केहिबेर तमासा हेरिरहे ।

सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले भोली अर्थात् बुधबार बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए।

उक्त घटनापछि सत्तापक्ष र प्रतिपक्ष दुबैले सामाजिक संजालमा आ–आफ्नो तर्क पेश गर्दै लेखेका छन् । सामाजिक सञ्जालमा यो पटक कार्यकर्ता मात्रै उत्रिएका छैनन्, नेताहरु नै उत्रिएका छन् ।

संसदमा कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै लेखे,  ‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई आज जानकारी गराउन पाईन । यस घटनाबाट म दुःखी भएको छु ।’

ओलीको उक्त ट्वीटमा केहि सकरात्मक प्रतिक्रिया दिएका छन् भने केहिले नकरात्मक प्रतिक्रिया पनि दिएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले संसदमा भएको हंगामाबारे ट्वीट गरेका छन् । भट्टराईले छलफलबाट समाधान निकाल्नुपर्ने थलोमा गैरजिम्मेवार नबन्न सुझाव दिएका छन् । भट्टराईले लेखेका छन् ‘संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेर फाल्नु शोभनीय भएन । गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजनलगायत अनगिन्ति जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद ग़ैरज़िम्मेवार र निष्प्रभावी नबनोस् ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै लेखेका छन् , ‘पूर्वशिक्षक सभामुखलाई प्रश्न...प्रश्न अघि हुन्छ कि जवाफ ?’  उनले थप लेखेका छन्, ‘समुन्नत लोकतन्त्रमा प्रश्न, जिज्ञासा र जनआवाज पहिले सुनिन्छ । देश फर्केपछि औपचारिक रुपले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो । ब्रम्ह ज्ञानि होइन नेपालका प्रधानमन्त्री  ।’

यि शिर्ष नेताहरुनै ट्वीटरमा यसरी भिडिरहँदा समर्थकहरुको पनि आफ्नै भिडन्त जारी छ । नेताहरुको साथ पाएपछि मंगलबार दिनभरी नै सामाजिक संजालमा यसबारे बहस भएको छ ।

 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु