पानीको चरम अभावले रेल्वे स्टेशनदेखि रेष्टुराँसम्म बन्द

भारत । पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ । अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ ।

अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ । "चेन्नाईलाई यो अवस्थाबाट अब वर्षाले मात्रै बचाउन सक्छ," एक अधिकारीले बताए ।

सन् २०११ को जनगणना अनुसार भारतको छैटौँ ठूलो शहर चेन्नाईले पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव भोगिरहेको छ । पानी भण्डारण गरिएका मानव निर्मित जलाशय क्षेत्र सुक्न थालेपछि शहरका धेरै होटल र रेष्टुराँ अस्थायी रूपमा बन्द गरिएको छ ।

पानी जोगाउनका लागि रेल स्टेशनहरूलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन् ।

प्रविधि क्षेत्रमा काम गर्नेहरूको संस्था आइटी वर्कर्स एसोसिएशनका महासचिव भिनोथ कालिगाइले केही संस्थाले कर्मचारीहरूलाई घरमै बस्न आग्रह गरेको पुष्टि गरे । "तर घरमा पनि पानीको अभाव सुरु भएको छ । यस्तो अवस्थामा हामीले के गर्ने हो," उनले प्रश्न गरे ।

पानी अभावका कारण स्थानीयवासीबीच झगडा समेत भएका छन् । प्रहरीले गत हप्ता एक जनालाई पानी बाँडफाँटको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको छ । अधिकारीहरू हाल पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयासमा छन् । तर सुक्खा जलाशय क्षेत्र र जमिनमा पानीको घट्दो तह ठूलो चिन्ताको विषय बनेको छ।

"यो स्थितिलाई सहज बनाउने एउटै मात्र उपाय भनेको जमिनमुनि पानीको सतह बढाउने हो," एकसामाजिक अभियान्ता नाक्किरानले भने । "हामीले यसअघि पनि सुक्खा वर्षहरू झेलेका थियौँ। तर त्यतिखेर हामीलाई जमिनमुनिको पानीले बचाएको थियो ।" बीबीसी

काश्मिरमा चार हजार व्यक्ति पक्राउ 

  श्रीनगर । दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

  थिम्पु १ भदौँ । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

    ढाका, १ भदौ । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन्

थाइल्यान्डमा सवारी दुर्घटना, ११ जनाको मृत्यु

  बैंकक १ भदौ । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका