आगामी राष्ट्रपतिय चुनावमा भाग लिने ट्रम्पको औपचारिक घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन् । सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन् । फ्लोरिडा राज्य आफ्नो "दोस्रो घर" भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि "एक ढिक्का रहन" आग्रह गरे ।

उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई "टुक्रा टुक्रा पार्न" खोजेको आरोप पनि लगाए । प्रारम्भिक मत सर्वेक्षणहरूले ट्रम्प सम्भाव्य डिमोक्रयाटिक प्रतिद्वन्द्वीहरूभन्दा पछाडि रहेको देखाएका छन् ।

ओर्ल्यान्डोको सभामा बोल्दै ट्रम्पले भने, "हामी अमेरिकालाई महान बनाइ राख्ने छौँ । आज म तपाईँहरू सामु उभिएर दोस्रो कार्यकालको लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचिन हुनका लागि औपचारिक रूपमा प्रचार अभियान थाल्दैछु ।"

ट्रम्पको चुनावी रणनीति कस्तो होला ?
ओर्ल्यान्डोमा सम्बोधन गर्दै उनले देशले सबभन्दा पहिले उसका नागरिकको हेरविचार गर्नु पर्ने बताए । "अमेरिकी सपना" अझ राम्रो, ठूलो र बलियो बनेको उनले बताए । उनले बलियो अर्थतन्त्र तथा आप्रवासीबारे कडाइको नीतिलाई मतदाताले रुचाउने ठानेका छन् ।

उनको अनौठो नेतृत्व शैली तथा विभाजनकारी मानिने नीतिप्रतिको असहमतिलाई ती योजनाले जित्ने ट्रम्पको आशा छ । र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन् । कतिपय मत सर्वेक्षणले भने महत्त्वपूर्ण राज्यहरूमा ट्रम्प पूर्वउपराष्ट्रपति जो बाइडनलगायतका डेमोक्र्याटिक प्रतिद्वन्द्वीभन्दा पछाडि परिरहेको देखाएका छन् ।

सन् २०१६ को चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गरेका थिए । उक्त चुनावमा रुसी हस्तक्षेप भएको भनेर लामो समयदेखिको विवादले अमेरिकी राजनीति प्रभावित रहँदै आएको छ ।

आप्रवासीबारे ट्रम्पले के भने ? 
सोमवार राति ट्वीट सन्देश लेख्दै ट्रम्पले अमेरिकामा रहेका सूचिकृत नभएका सबै आप्रवासीहरूलाई उनीहरू "जति छिटो अमेरिका आए त्यति नै छिटो देश निकाला गरिने" चेतावनी दिएका छन् ।

यो महिनाको सुरुमा एक अमेरिकी अधिकारीले अमेरिका छोड्न निर्देशन दिइएका सबै आप्रवासीहरूले तिनका परिवारजनसहित देश छोड्नु पर्ने बताएका थिए । उनले तिनको अनुगमन गरिने बताएका थिए । बीबीसी

सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल

नयाँदिल्ली, ६ साउन । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र

दोहोरो गोली हानाहानमा चार प्रहरी र १२ लडाकू मारिए

फराह, ६ साउन । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज  र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन

नोम्पेन्ह, ६ साउन । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।  कम्बोडियाले

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

नयाँदिल्ली, ६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् । यस भ्रमणले “छिमेक