गुठी विधेयकबारे मन्त्रीको ९० शब्दको वक्तव्यमा १३ गल्ती

काठमाडौं, ४ असार । आन्दोलन चर्किन थालेपछि सरकारले मंगलबार (हिजो) विवादित गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक प्रेस वक्तव्य जारी गर्दै फिर्ता लिने घोषणा गरेकी हुन् ।

मन्त्री अर्यालले उक्त प्रेस वक्तव्यमा ९० शब्द खर्चिएकी छिन् । मन्त्रालयको लेटर हेडमा लेखिएको ९० शब्दको वक्तव्यमा १३ शब्दमा गल्ती भेटिएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा विधेयक नै गलत लेखिएको छ । उक्त प्रेस वक्तव्यमा विधेयक हुनुपर्नेमा बिधेयक लेखिएको छ भने संविधान हुनुपर्नेमा सम्बिधान लेखिएको छ । त्यस्तै मिति हुनुपर्नेमा मिती लेखिएको छ ।

मन्त्रीले नै जारी गरेको वक्तव्यमा यसरी शब्दमा गलत भेटिएपछि अहिले विरोध भइरहेकोे छ ।

अनियमितताको आरोप लागेका वृद्ध पूर्वकर्मचारीद्वारा आत्महत्या

काठमाडौं, ३ साउन । अनियमितताको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको

मनसुनको सक्रियता सामान्य हुँदै

काठमाडौँ, ३ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको

बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर, ३ साउन । एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१०

छतबाट खसेर मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि