रियल मेड्रिड र युभेन्टसको हानथापमा पोग्बालाई फाइदा

 

एजेन्सी । मेनचेष्टर युनाइटेडको प्रशिक्षकमा होसे मौरिन्हो रहँदा फुटबल भविष्य नै अन्धकार रहेका स्टार फुटबलर पल पोग्बाको नियती फेरिएको छ । 

युनाइटेडको खेलहरुमा बेञ्चमा बस्न बाध्य पारिएका पोग्बालाई आफ्नो क्लबमा भित्र्याउन अहिले विश्वका दुई ठुला क्लब लागि परिरहेको थाहा भएको छ । 

गोल डटकमले उल्लेख गरेअनुसार युभेन्टसले पोग्बालाई भित्र्याउनको लागि युनाइटेडसँग प्रयास शुरु गरिसकेको छ । युभेन्टसका फुटबल निर्देशक फाबियो पाराटिचीले युनाइटेडका अधिकारीहरुसँग सल्लाह गरेको पनि बताइएको छ । 

च्याम्पियन्स लिग प्रतियोगिताको उपाधि जित्न लालायित युभेन्टसले २६ वर्षिय पोग्बालाई क्लबमा ल्याउँदै आफ्नो उपाधि यात्रालाई बल पु¥याउन लागेको बताइन्छ । यसअघि क्रिस्टियानो रोनाल्डोलाई रियल मेड्रिडबाट कीर्तिमानी मूल्यमा क्लबमा ल्याएको युभेन्टसले पोग्बालाई ल्याउन सक्ने विश्लेषण गरिएको छ । 

युभेन्टसमा उनको स्थानान्तरण हुने प्रक्रिया केहि सहज हुनसक्थ्यो, तर रियल मेड्रिडले पनि उनलाई भित्र्याउन खोजेसँगै उनको मूल्य ह्वात्तै आकाशिएको छ । 
खबर अनुसार पोग्बाको लागि युभेन्टसले १ सय ३० देखि १ सय ४० मिलियन युरोको प्रस्ताव राखेको छ ।

विशेषगरी रियलका प्रशिक्षक जिनेदान जिदानले पोग्बालाई लामो समयदेखि क्लबको लागि उपयुक्त देखेका कारण यि दुई महारथी क्लबको भिडन्त हुने विश्लेषण गरिएको छ । 

रियलले भने पोग्बालाई १ सय २५ मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको बताइन्छ । त्यस्तै उनलाई क्लबमा पारिश्रामिक भने क्लबका अन्य खेलाडी एडन हाजार्ड र कप्तान सर्जियो रामोस बराबर दिइने बताइएको छ ।

युभेन्टसले गत आइतबार मात्र चेल्सीका प्रशिक्षक सार्रीलाई प्रशिक्षकको रुपमा क्लबमा ल्याइसकेको छ ।  

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकायरले पोग्बालाई अरु क्लबमा जान नदिने बताइरहेका छन् । पोग्बा भने अन्य क्लबमा जान आतुर रहेको बुझिएको छ । 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा