जंकफूडको असर, अनेक रोगको खतरा

एजेन्सी । बजारमा सजिलै पाइने प्रशोधित खाना र जंकफूडप्रति युवावर्गहरु आकर्षित रहेको पाइन्छ । सुपथ मुल्यमा सहजै पाइने भएकाले पनि यसको उपभोग बढ्दै गएको बताइन्छ ।

मैदाबाट बनेका यस्ता जंकफूडहरु पिज्जा, बर्गर, चाउमिन र चिप्स जस्तोको प्रयोगबाट जिब्रोलाई मज्जा भएपनि यसले मानव स्वास्थ्यलाई गम्भिर जोखिम पु¥याउने गरेको चिकित्सकहरुले बताइरहेका छन् ।

यस्ता जंकफूडहरुले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ । 

डिमेन्शियाको खतरा

मानिसले नियमित रुपमा जंकफूड सेवन गर्दा नकारात्मक सोच आउने गरेको एक अध्ययनमा भेटिएको छ ।  धेरै मात्रामा जंकफूडको सेवनले मानिसको कार्य क्षमता ह्रास हुने बताइन्छ । अष्ट्रेलियाका अनुसन्धानकर्ता प्रोफेसर निकोलस चेरुबिन भन्छन्, ‘बालबालिकाहरु जंक फूडको सेवनले टाइप–२ डायबिटिजको खतरामा पर्ने गरेका छन् ।’ 

त्यस्तै उक्त अध्ययनमा पत्ता लागेअनुसार, नियमित जंकफूडको सेवनले मानिसमा एक किसिमको पागलपन वा बिर्सने रोग अर्थात् डिमेन्शियाका हुने खतरा रहन्छ । 

मोटोपनको खतरा

उक्त अध्ययन अनुसार नियमित पिज्जा खानेलाई मोटोपन बढ्ने खतरा रहन्छ । त्यस्तै नियमित बर्गर खानेहरुको दिमागी स्वास्थ्य सामान्य नहुने बताइन्छ  । यस्ता खानाको प्रयोगले मानिसको मस्तिष्कका कोषिकाहरुलाई असर गर्ने बताइन्छ । जंकफूड खाँदा मतिष्कलाई आवश्यक पर्र्नेे इन्सुलिनको उत्पादनमा समस्या आउन सक्ने भएकोले पनि यसको असर समग्र शरिरमा पर्ने बताइन्छ । 

साथै कोलस्ट्रोल तथा उच्च रक्तचापबाट ग्रसितहरुको लागि जंकफूडको प्रयोग अझै खतरनाक हुने बताइएको छ ।

डिप्रेशनको शिकार

ठोस जंकफूड मात्र होइन, सफ्ट ड्रिंकको आवरणमा पाइने कोलाजन्य पदार्थ पनि जंकफूड नै रहेको बताइन्छ । यस्ता सफ्ट ड्रिंकहरुमा चिनीको मात्रा अधिक रहेको हुन्छ । 

यस्ता सहजै पाइने र गम्भिर स्वास्थ्यको जोखिम भएको खानाको प्रयोगले डिप्रेशनमा सम्भावना हुने पनि अध्ययनमा देखिएको छ । उक्त अध्ययनका अनुसार सामान्य खाना खानेहरुमा भन्दा जंकफूड प्रयोगकर्तामा डिप्रेशनको खतरा अधिक रहेको छ । 

मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकोले क्षणिक रमाइलोको लागि भन्दापनि दिर्घकालीन स्वास्थ्यको लागि सोच्न सुझाइन्छ । जंकफूडको प्रयोग सहज र रमाइलो भएपनि यसको असर खतरनाक भएको कारण यस्ता खानाको प्रयोगबाट बच्न चिकित्सकहरुले जोड दिइरहेका छन् । 
 

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको

 दाँच चम्काउन के लाउने, के हो दम रोगको सजिलो उपचार ?

काठमाडौं । मानिसको शरीरमा कुनै न कुनै शारीरिक समस्या त हुन्छ नै । कुनै साधारण समस्या हुन्छन् भने कुनै निकै जटिल । अवस्था अनुसार यिनिहरुको विभिन्न

यसरी जोगाउन सकिन्छ शरीरका महत्वपूर्ण अंग

शरीरका आन्तरिक अंगहरु सहि रुपमा संचालनको लागि ती अंगहरु स्वस्थ्य रहनु जरुरी छ । तैपनि हामीले कतिपय स–साना बिषयमा ध्यान नपु¥याउनाले यस्ता

 केले टोकेमा के लगाउने, यस्तो छ उपचार

 विषालु कीरा, बिच्छी र माहुरी आदिले टोकेर सुन्निएका ठाउँमा उखुको रस लगाउँदा फाइदा हुन्छ     विषालु कीरा, लामखुट्टे तथा झिँगा आदिले टोकेका