‘विवादित’ गुठी विधेयक फिर्ता लिने निर्णय

काठमाडौं, ३ असार । चर्को विवादको घेरामा परेकोे गुठी विधेयक फिर्ता भएको छ । सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको थाहा भएको छ । 

पत्रकार सम्मेलन गर्दै मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले यसको जानकारी गराइन् । 

पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छु । ’ 

पछिल्लो समय विधेयकलाई लिएर भएको तिब्र विरोधलाई लक्षित गर्दै उनले थपिन्, ‘विधेयकको विषयमा भ्रम सिर्जना गर्ने, सर्वसाधारणलाई उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भयो । ’ 

चौतर्फी विरोध बढ्दै गएपछि सरकारले यस विधेयकलाई तत्कालको लागि फिर्ता गरेको बुझिएको छ । 


 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु