कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा, ३ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।

    वडाले साविकको अमलाचौर गाविसका नौ वडामा कृषक समूह बनाएर हलो वितरण गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताए । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ । 

    गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वडाध्यक्ष पाठकले बताएका हुन् । 

    एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिन यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिन्छ । हलोसँगै वडा कार्यालयले त्यसको प्रयोगको विषयमा प्राविधिक बोलाएर जानकारी गराएको थियो । रासस

शेयर बजार : नेप्सेमा नौ अङ्कको ओरालो

काठमाडौँ १ भदौँ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

  रुकुम १ भदौँ । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजश्व सङ्कलन गर्न सकेका छैनन्

घट्यो सुनको मूल्य  

  काठमाडौँ १ भदौँ । पछिल्लो समयमा निरन्तर उकालो लागेको सुनको मुल्यमा आइतबार सामान्य गिरावट आएको छ ।  शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार

एक हजार चार सय उद्योग दर्ता

  लहान ३२ साउन । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम