पहिले बोल्ने ‘टसल’ मा संसद बैठक स्थगित

काठमाडौं, ३ असार । प्रतिनिधि सभाको बैठकमा पहिला को बोल्ने भन्ने ‘टसल’ को कारण बैठक स्थगित गर्नु परेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पहिले बोल्न खोजेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले बोल्ने मौका पाएपछि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कार्यक्रम यसअघि नै तय थियो ।

प्रधानमन्त्री ओलीले बैठकलाई ११ बजे नै सम्बोधन गर्ने तालिका भएपनि कांग्रेसले माग राखेपछि बैठक १ घण्टा ढिलो भएको थियो । कांग्रेसको तर्फबाट पहिला देउवालाई बोल्न दिन माग गरिएको बताइएको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले देउवाले सदनमा पहिले बोल्न पाउनु पर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्। गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सम्बोधन गर्न चाहेको बुझिएको छ ।

आफ्ना नेतालाई पहिले बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो। यसको विपरित बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए।

प्रधानमन्त्री रोस्टममा पुग्नासाथ प्रतिपक्षी सांसदको विरोध शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले सांसदहरूलाइ आफ्नो सिटमा बस्न निरन्तर आग्रह गरेका थिए ।
सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले भोली अर्थात् बुधबार बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

 

सञ्चारमाध्यमले खोजेका सूचना सहज उपलब्ध हुनेछः सेना प्रवक्ता पाण्डे

काठमाडौँ, ३ साउन । राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारीले मुलुकको राष्ट्रिय सुरक्षा र राजनीतिक संवेदनशीलतालाई  विचार पु¥याएर  समाचार

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् । उद्योग, पर्यटन, वन

कांग्रेस नेता शेखरले किन भेटे पूर्व पञ्च नेता ?   

 काठमाडौं । नेपाली कांग्रेसका नेता र पूर्व पञ्च नेतावीच आज अनौपचारिक भेटघाट भएको छ । सरकारको कार्यशैलीको समीक्षा गर्दै लोकतान्त्रिक शक्तिहरुवीच

विप्लवसँग वार्ता गर्न यी हुन् नेकपाले बनाएकाे \'कमाण्डर\'

काठमाडौं, ३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग सत्तारुढ नेकपाले वार्ता सुरु गरेको छ । जसअनुसार विप्लव समूहका नेताहरुसँग छलफल शुरु