कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली बोल्न रोष्टम लाग्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कार्यक्रम यसअघि नै तय थियो ।

जेठ २५ गते युरोप भ्रमणमा निस्किएर असार १ गते फर्किएका प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा समसामयिक राजनीति, युरोप भ्रमणलगायत बिषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम रहेको थियो।

प्रधानमन्त्री रोस्टममा पुग्नासाथ प्रतिपक्षी सांसदको विरोध शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले सांसदहरूलाइ आफ्नो सिटमा बस्न निरन्तर आग्रह गरेका थिए ।

सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले भोली अर्थात् बुधबार बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, ६ साउन  । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् ।      प्रहरी

‘सबै दलबीच मेलमिलाप आवश्यक’

दमौली, ६ साउन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको

एउटै जिल्लामा नेकपाको सहइन्चार्ज कति ? फुटबल खेल्ने टीम जति !

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो मात्रै जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंग्याएको छ । नेकपाले उक्त सूची सार्वजनिक

यी मन्त्रीः जसले छाडेनन् इन्चार्ज र सहइन्चार्ज पनि

काठमाडाैं, ६ साउन । सत्तारूढ दल नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा