ट्रोलरहरुलाई सानिया मिर्जाको यस्तो जवाफ

एजेन्सी । विश्वकप २०१९ अन्तर्गत शनिबार भएको खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानी खेलाडीहरुसँग फ्यानहरु असन्तुष्ट बनेका छन् ।

इंग्ल्याण्ड विरुद्धको खेलमा बलियो प्रदर्शन गर्दै खेल जितेको पाकिस्तानले भारतलाई हराउने अपेक्षा गरेका फ्यानहरु टोलीको फितलो खेलको कारण निराश बन्दै सामाजिक संजालमा आवेग पोखिरहेका छन् । वर्षाले प्रभावित उक्त खेलमा पाकिस्तान भारतसँग ८९ रनले पराजित भएको थियो ।

विशेषगरी उक्त खेल हुनु एक दिन अगाडी मध्यरातसम्म शोयब मल्लिक लगायतका खेलाडीहरु क्याफेमा मस्ती गर्दै बसेको भिडियो ट्वीटरमा सार्वजनिक भएपछि यि खेलाडीहरु ट्रोलको शिकार भएका छन् ।

भारत विरुद्धको महत्वपूर्ण खेल अघि मध्यरात सम्म शोयबका साथ उनको पत्नी टेनिस स्टार सानिया मिर्जा र उनको छोरा, त्यस्तै अन्य खेलाडीहरु इमाम उल हक, इमाद वासिम र वाहब रियाजलाई इंग्ल्याण्डको स्थानीय शिशा क्याफेमा मस्ती गर्दै देखिएका थिए । ट्वीटरमा सार्वजनिक भएको उक्त भिडियोमा हुक्काको धुँवा र मदिराको बोतल पनि देखिएपछि यि खेलाडीहरु सामाजिक संजालमा छाइरहेका छन् ।

भोलीपल्ट खेलिएको खेलमा वरिष्ठ खेलाडी शोयब एक बल खेल्दै आउट भएका थिए । त्यस क्याफेमा मस्ती गर्दै देखिएको चारै खेलाडीले भारत विरुद्ध राम्रो खेल्न सकेका थिएनन् ।

ट्रोलरहरुले भिडियोमा देखिएकी सानिया मिर्जालाई पनि ट्रोलको शिकार बनाएका छन् । उनको भुमिका गैर जिम्मेवार भएको बताएपछि सानिया ट्वीटरमा भड्किएकी छिन् ।

ट्रोलहरु बढ्दो क्रममा रहेपछि सानियाले ट्वीटरमा लेख्दै भनिन् , ‘ स्वीकृती बिना खिचिएको यो भिडियोले हाम्रो गोपनियता भंग गरेको छ । हामी बाहिर गएको खाना खान हो । खेल हारेपनी मानिसले खान पाउँछन् । मुर्खहरुको झुण्ड । अर्को पटक (हामीलाई होच्याउन) यो भन्दा राम्रो सामग्री खोज्नु । ’

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा