छोरी जन्मिए २० वर्षसम्म भत्ता पाइने

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए ।

अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिकरूपमा एकमुष्ट रु एक हजार २०० उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिए। उनका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने छ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।

यसैबीच उपमहानगरपालिकाले उपमेयर महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उपमेयर महिला कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याइएको हो ।

त्यसैगरी उपमहानगरपालिकाले ‘सक्षम महिला, विकासमा पहिला’ अभियानका लागि महिलाको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने पनि नीति ल्याएको छ । असी वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्षमा उपमहानगरपालिकाभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक र पर्यटकीयस्थलमा भ्रमण गराउने नीति उपमहानगरपालिकाले पारित गरेको छ ।

दाङको धारापानी, लुम्बीनी, स्वर्गद्वारीजस्ता पर्यटकीय र तीर्थस्थलमा भ्रमण गराउनका लागि आवश्यक बजेट विनियोजन गरिने उपमहानरपालिकाले जनाएको छ । रासस

आफूलाई ‘स्वयं सेवक’ बताउने को हुन् यी कोरियाली

काठमाडौं । आफूलाई स्वयं सेवक दावी गरिरहेका एकजना कोरियाली नागरिकको गतिविधि शंकाष्पद रहेको बुझिएको छ । ती कोरियाली नेपाल सरकारको अनुमति उल्लंघन गरेर

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

वीरेन्द्रनगर, ३ साउन ९ । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन्

भद्रगोल फुटपाथको कथा

काठमाडौं । राजधानी शहर काठमाडौं आफूमा विचित्रको दृश्यहरु समेटेर बसेको छ । देशभरी प्रदेशहरु बनेर स्थानीय सरकार कृयाशील भएपनि मानिसहरु संघीय राजधानी

 चोरिएका नवजात शिशुका बाबुलाई रोजगारी

पाल्पा । लुम्बिनी मेडिकल कलेज नवजात शिशु हराएपछि शोकाकुल बनेका पितालाई रोजागारी दिने भएको छ । पाल्पाको यो कलेजबाट हराएका नवजात शिशुको बुवालाई रोजगार