लिची खाँदै हुनुहुन्छ ? होसियार ! भारतमा एक सय बालबालिकाको मृत्यु

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन् ।

केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन् ।

के हो घटनाको कारण ?
बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा मस्तिष्कज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आइतवार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए । ती घटनाका कारण के हुन् भन्ने बारे विशेषज्ञहरूका माझ एक मत छैन ।

कतिपय विशेषज्ञ भन्छन् कि खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन् । सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो ।

भारत तथा अमेरिकाका वैज्ञानिकहरूले मिलेर यी मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका थिए । उनीहरूको संयुक्त शोधमा खाली पेट धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख छ ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ ।

अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तत्व पाइएको थियो । अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो । त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ ।

पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ ।

चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् । भारत सरकारले पनि यसबारे एउटा निर्देशिका जारी गरेको छ । बीबीसी

आफूलाई ‘स्वयं सेवक’ बताउने को हुन् यी कोरियाली

काठमाडौं । आफूलाई स्वयं सेवक दावी गरिरहेका एकजना कोरियाली नागरिकको गतिविधि शंकाष्पद रहेको बुझिएको छ । ती कोरियाली नेपाल सरकारको अनुमति उल्लंघन गरेर

छाउपडी अन्त्यका लागि कानून बनाउन माग

वीरेन्द्रनगर, ३ साउन ९ । सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन्

भद्रगोल फुटपाथको कथा

काठमाडौं । राजधानी शहर काठमाडौं आफूमा विचित्रको दृश्यहरु समेटेर बसेको छ । देशभरी प्रदेशहरु बनेर स्थानीय सरकार कृयाशील भएपनि मानिसहरु संघीय राजधानी

 चोरिएका नवजात शिशुका बाबुलाई रोजगारी

पाल्पा । लुम्बिनी मेडिकल कलेज नवजात शिशु हराएपछि शोकाकुल बनेका पितालाई रोजागारी दिने भएको छ । पाल्पाको यो कलेजबाट हराएका नवजात शिशुको बुवालाई रोजगार