यस्ता छन् आलु बखडाको फाइदाहरु

एजेन्सी । गर्मी सिजनमा पाइने आलु बखडा स्वादको लागि मात्रै होइन, स्वास्थ्यको लागि पनि उत्तिकै फाइदाजनक रहेको छ । पाकेको आलु बखडा गुलियो हुने कारणले पनि सबैको छनौटमा पर्ने गरेको छ । 

मिठो फलफुलको सूचीमा पर्ने यसमा प्रचुर मात्रामा भिटामिन, खनिज, फाइबर र एन्टीअक्सीडेन्ट पनि पाइने गरेको छ । यसलाई पखालेर त्यसै पनि खान सकिन्छ भने यसलाई सुकाएर खाँदा पनि स्वादिलो हुन्छ । 

खान सजिलो हुने आलु बखडाले स्वास्थ्यको लागि दिने फाइदाहरुको यहाँ चर्चा गरिएको छ ।

आँखाको लागि फाइदाजनक

आलुबखडामा भएको फाइबर तत्वले आँखाको रेटिनालाई स्वस्थ राख्न सहयोग गर्ने गरेको छ । सूर्यबाट निस्कने हानिकारक अल्ट्राभायोलेट विकिरणबाट आँखामा हुनसक्ने नोक्सानबाट पनि आलुबखडाले बचाउने बताइएको छ ।  

क्यान्सर प्रतिरोधी

आलुबखडामा हुने बिटा क्यारोटिन र एन्टीअक्सीडेन्टले क्यान्सर रोगको प्रतिरोध गर्न मद्दत गर्ने गरेको छ । सोही कारण कतिपय चिकित्सकहरुले क्यान्सरका बिरामीलाई आलुबखडा खान सुझाव दिने गरेको बताइन्छ । 

पाचनप्रक्रिया बलियो पार्ने

आलुबखडाको सेवनले पाचन प्रक्रिया दरिलो पार्न सहयोग गर्छ । कब्जियतबाट पिडितलाई आलुबखडाको नियमित सेवनले राहत दिने गरेको छ । यसमा हुने आइसटिन र सोर्बिटोलले पाचन प्रक्रिया दरिलो बनाउने गरेको बताइन्छ । 

कोलस्ट्रोल घटाउँछ

कोलस्ट्रोलको समस्या बढेको व्यक्तीलाई आलुबखडा प्रयोग गर्न सुझाइन्छ । यसमा पाईने सोलिएबल फाइबरको कारण शरीरमा हुने कोलस्ट्रोलको मात्रा घट्ने गरेको छ ।

तौल नियमित राख्न सहयोगी

आलुबखडामा क्यालोरीको मात्रा थोरै हुन्छ । कम क्यालोरी भएकोले यसको सेवनले व्यक्तिको तौललाई नियमित राख्न सहयोग गर्ने गरेको छ । 

रक्तचाप नियन्त्रण

आलुबखडाको प्रयोगले रक्तचाप भएका बिरामीलाई फाइदाजनक रहेको बताइन्छ । तर मृगौला सम्बन्धी रोग हुनेले भने बिरामीले डाक्टरको सुझाव अनुसार यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।    

हड्डीको लागि फाइदाजनक

आलुबखडाको नियमित सेवनले व्यक्तिमा हाड सम्बन्धि समस्याको जोखिमलाई घटाउने तथा हाड दरिलो बनाउँछ । अक्सीडविज र फाइटोन्युट्रिएन्टसको समिश्रण प्रचुर मात्रामा भएकोले यसले हाडलाई फाइदा पु¥याउने गरेको छ ।

छालाको लागि राम्रो    

एक चम्चा बेसार र महको समिश्रण सहित आलुबखडाको पेस्ट बनाइ लगाउनाले छाला नरम बनाउने बताइन्छ । दैनिक दुई चोटी यो पेष्ट लगाएमा अनुहार कलिलो तथा सफा देखिने गरेको छ । 

सुपथ मुल्यमै पाइने आलुबखडाको फाइदाहरु धेरै छन् । यसको प्रयोगले पेटका जुका, एसिडिटी जस्ता समस्या हट्ने बताइएको छ । सोही कारण सिजनमा यसको प्रयोग गर्न चिकित्सकहरुले पनि सुझाउने गरेका छन् ।  
 

अफिसमा कामको प्रेसर खतरनाक हुन सक्छ

  काठमाडौं ३२ साउन । आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस् र तनाव कम गर्नुहोस् । अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई

औषधीय गुणले भरिपूर्ण पुदिना

  काठमाडौँ ३० साउन । पुदिनाको अचार स्वादिलो हुने कुरा त सेवन गर्नेहरुलाई थाहा नै छ । पछिल्लो समय खास गरी शहरको घरको कौसीमा र गमलाहरुमा तरकारी,

अल्छीपना बुद्धिमानीको निसानी 

काठमाडौँ ३० साउन । अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा

होसियार ! ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?   

काठमाडौँ ३० साउन । सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ । यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका