नेमारलाई बेच्न पीएसजी तयार

एजेन्सी । स्टार फुटबलर नेमारलाई बेच्न फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) तयार भएको थाहा भएको छ ।

उत्कृष्ट फुटबल प्रदर्शनको आशा सहित बार्सिलोनाबाट कीर्तिमानी मूल्य २२ मिलियन यूरोमा बार्सिलोनाबाट पीएसजी ल्याइएका नेमार पछिल्लो समय यौन दुव्र्यवहारको आरोपसँगै विवादित बनेका छन् । त्यस्तै नियमित रुपमा चोटका कारण मैदान रहने गरेकाले पनि नेमारबाट क्लब निराश भएको बुझिएको छ ।
उनले पीएसजीको लागि लिग वानमा १७ खेल मात्र खेल्दै १५ गोल मात्र गर्न सकेका छन् ।

विशेषगरी च्याम्पियन्स लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि पीएसजीले यसअघि नै नेमार बिक्री हुन सक्ने संकेत दिएको थियो । मेनचेष्टर युनाइटेडसँग पराजित भइ पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

पीएसजीका अध्यक्ष नासेर अल–खेलाइफीले एक अन्तर्वार्ताको क्रममा खेलाडीहरु आफ्नो क्लबमा मोज गर्न नभइ कडा मेहनत गर्नको लागि आएको बताएका थिए । उनले आफुले सुपरस्टारको व्यवहार नचाहेको पनि बताएका छन् ।

खेलाडीहरु व्यवहार प्रति लक्षित गदर्गै नासेरले भने, ‘मै हुँ भन्ने खेलाडीहरुको लागि बाहिरिने बाटो खुल्ला छ ।’  उनको यस अन्तर्वार्ताले ठुलै हलचल आएको बताइन्छ ।

विश्लेषकहरुले यसको अर्थ नेमार र किलियन एम्बाप्पे बिक्री हुनसक्ने बताएपनि फ्रान्सका स्थानीय पत्रिकाहरुले नेमार पहिलो निशाना रहेको उल्लेख गरेका छन् । एल एक्वीप पत्रिकाको अनुसार नेमारलाई ‘डबल एक्सएल’ प्रस्तावमा बेच्ने तयारी शुरु गरेको दाबी गरेको छ ।

नेमारलाई खरिद गर्न कुन क्लबले चासो देखाएको भन्ने नखुलेपनि यसअघि उनी बार्सिलोनानै फर्किन सक्ने चर्चा चलेको थियो ।

 

इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित ?

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।     इङ्गल्याण्डको लण्डनमा

पोग्बालाई युभेन्टस फर्काउन तीन खेलाडी दिने प्रस्ताव

एजेन्सी । फुटबल क्षेत्रको ठुला नाम भित्र्याउँदै क्लबमा सटिक सन्तुलन मिलाउन प्रयासरत इटालीयन क्लब युभेन्टसले पल पोग्बालाई क्लबमै फर्काउन बलियो

आईसीसीको निर्णयले जिम्बाब्वे निलम्बलनमा, नेपालबारे चर्चा हुन सकेन

काठमाडौं, ३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले जिम्बाब्वे क्रिकेट टोलीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार लण्डनमा