कोलम्बियाको अगाडि अर्जेन्टिना फितलो, २–० ले पराजित


एजेन्सी । प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका २०१९ अन्तर्गत गतराती भएको खेलमा कोलम्बियासँग अर्जेन्टिना पराजित भएको छ । समूह बी अन्तर्गतको पहिलो खेलमा प्रतियोगिताको दाबेदार अर्जेन्टिनाले नमज्जाको पराजय व्योहोरेको हो ।

पहिलो हाफ प्रतिस्पर्धात्मक रहँदै दुबै टोलीले गोल गर्न सकेनन् । दोश्रो हाफमा भने कोलम्बियाको अगाडि लियोनल मेस्सी सहितको बलियो मानिएको अर्जेन्टिना फितलो साबित भएको थियो ।

खेलको ७१ औं मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई जिततर्फ डो¥याएका थिए । दबावमा रहेको अर्जेन्टिनाले खेलको ८६ मिनेटमा गरेको गल्तिको फाइदा उठाउँदै डुभान जपाटाले गोल संख्या २ बनाएका थिए ।

जेफर्सन लेर्माको पासमा उनले गोल गरेपछि अर्जेन्टिनाले पराजय स्वीकार्नुको विकल्प रहेन । खेलको बाँकि समयमा अन्य कुनै गोल नभएपछि कोलम्बिया २–० ले विजयी भएको छ ।

समूह बी मा यि दुई टोलीबाहेक पराग्वे र कतार रहेका छन् । अर्जेन्टिनाले आगामी बुधबार पराग्वेको सामना गर्ने तालिका रहेको छ । उक्त खेलमा पनि अर्जेन्टिना पराजित भएमा प्रतियोगिताबाट बाहिरिने सम्भावना रहन्छ ।

 

 कठिन प्रतियोगिता खेल्दै नेपाल, विकल्प छैन जितको

काठमाडौं । सन् २०१४ को टी–२० विश्वकपमा सहभागि भइ उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोली पुनः टी–२० विश्वकप खेल्न प्रयासरत छ ।  सन् २०२० को

आयोजक सिंगापुरको बलियो प्रदर्शन, कतार ३३ रनले पराजित

काठमाडौं, ६ साउन । एसियाली क्षेत्रको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । ब्याटिङमा बलियो

टोटेनह्यामले हरायो युभेन्टसलाई

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले इटालीयन च्याम्पियन युभेन्टसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । टोटेनह्यामका लागि ह्यारी केनले इन्जुरी समयमा

बार्सिलोनालाई नेमारको आवश्यकता नरहेको दाबी

एजेन्सी । स्पेनीस क्लब बार्सिलोनाका अध्यक्ष एरिक अबिदलले फ्रान्सेली स्ट्राइकर आन्त्वान ग्रिजमान आइसकेकोले क्लबलाई नेमारको आवश्यकता नरहेको बताएका