इन्धन खर्चको रकम बालबालिकालाई

बनेपा, ३१ जेठ  । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गरेका छन् ।

    उनले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गरेका हुन् । 

    सो क्रममा १४ विद्यालयका ४८ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयमा नै पुगेर रकम वितरण गर्दै आएका छन् । बाँकी रहेका केही विद्यालयका विद्यार्थीहरुलाई छिट्टै वितरण गर्ने उनले बताए । “गाउँकार्यपालिकाले मेरो लागि इन्धन खर्च भनेर २०७५ सालमा महिनाको रु २५ हजारका दरले तीन लाख छुट्याइएको थियो”, उनले भने, “उक्त रकम गाउँपालिकामा रहेको अपाङ्गता तथा बाबुआमा नभएको टुहुरा छात्र/छात्रालाई प्रतिव्यक्ति ६ हजार २५० का दरले आफैँ सम्बन्धित विद्यालयमा पुगेर वितरण गरेकी छु ।” 

    विवरण सङ्कलनका क्रममा २६६ जनाको विवरण प्राप्त भएको र त्यसमा पनि प्राथमिकताका आधारमा छनोट गर्दा ४८ जनाको विवरण लिएर रकम वितरण गर्दै आएको बर्तौलाले बताए । रासस

वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।    

खजुरा र लिवाङमा कृषि क्याम्पस सञ्चालन हुने

चितवन, २ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको

 जान्नैपर्ने दस कुराः जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन ?

मानिसले आफ्नो जीवनमा के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने विषयमा आचार्य चाणक्यका दसवटा विचारः १.  मूर्खसँग कहिल्यै विवाद नगर्नुहोस् मूर्ख

  प्रधानमन्त्रीको पाइलट प्रेम

काठमाडौं । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।” मुलुकका शैक्षिक बेरोजगारी