भारत र न्यूजिल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी विश्वकप २०१९ अन्तर्गत आज हुने खेलमा चिर प्रतिद्वन्दी भारत र न्यूजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ मा शुरु हुँदैछ ।

यस विश्वकपमा हालसम्म खेलिएको खेलमा शत प्रतिशत नतिजा निकालेका न्यूजिल्याण्ड र भारतको यस भिडन्तको क्रिकेट वृत्तमा राम्रो चर्चा चलिरहेको छ । विशेषगरी अष्ट्रेलियालाई हराएर उच्च मनोबल कायम गरेको भारतले न्यूजिल्याण्डसँग कस्तो खेल्ने हो भन्ने चासो बढिरहेको बताइन्छ ।

अभ्यास खेलमा न्यूजिल्याण्डले भारतलाई सहजै ६ विकेटले हराएकोले पनि आजको खेललाई विशेष महत्व दिइएको बुझिन्छ ।

अहिलेसम्म भारतले यस प्रतियोगितामा अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्तो बलियो देशलाई हराएको छ भने न्यूजिल्याण्डले तुलनात्मक रुपमा कमजोर अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई हराएको छ ।

तथापी भारतले उत्कृष्ट प्रदर्शन गरेका शिखर धवनलाई गुमाएको छ । उनको स्थानमा केल राहुललाई ओपनिङ गराउने तयारी गरेको र चौथो नम्बरमा अलराउन्डर विजय शंकरलाई ल्याउने बताएको छ । न्यूजिल्याण्डको टोलीमा भने खासै समस्या नरहेको बताइन्छ ।

आजको खेलको नतिजाले अन्य टोलीको सम्भावनालाई पनि फरक पार्ने भएकोले यो खेललाई अन्य टोलीले पनि हेर्ने बताइन्छ ।

 

महिला क्रिकेट शुरु :पहिलो खेलमा सुदूरपश्चिम विजयी

महेन्द्रनगर, ४ असार । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

अफगानी क्रिकेटरहरुको रेष्टुरेन्टमा विवाद भएपछि...

एजेन्सी । अफगानिस्तानको क्रिकेट टोलीका सदस्यहरुको मेनचेष्टर स्थित एक रेष्टुरेन्टमा विवाद भएको छ । विवाद बढ्दै गएपछि प्रहरी आएर स्थिती नियन्त्रणमा

बराबरीमा रोकिएको ब्राजिल लिग तालिकाको शीर्ष स्थानमा

एजेन्सी, ४ असार । ब्राजिलमा जारी कोपा अमेरिकामा आयोजक ब्राजिलले भेनेजुएलासँग मंगलबार गोलरहित बराबरी खेलेको छ । ब्राजिलले खेलका अवधिमा केही राम्रा

पेरूले बोलेभियालाई ३–१ गोलले पराजित

एजेन्सी, ४ असार । कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा पेरूले बोलेभियालाई ३–१ गोलले पराजित गरेको छ । खेलको २८ औं मिनेटमा मार्सेलो मार्टिन्स