स्वास्थ्यको लागि अनारको उपयोग यस्तो छ

एजेन्सी । मानव शरिरलाई स्वस्थ बनाउन अन्य खानाहरुको साथै फलफुल पनि नियमित रुपमा सेवन गर्नुपर्छ। कस्ता फलफुलले शरिरको आवश्यकता पुरा गर्नसक्छ र कस्ता फलफुलको प्रयोगले आफ्नो शरिरलाई फाइदा गर्ने वा नगर्ने विषयमा हेक्का राख्नु जरुरी हुन्छ ।

कतिपय फलफुलहरु स्वस्थ तथा बिरामी मानिस दुबैलाई उपयुक्त हुन्छ । कतिपय फलफुल भने शरिर स्वस्थ नहुँदा प्रयोग नगर्न सुझाइन्छ । शरिरको अवस्था कमजोर हुँदा वा सामान्य हुँदा प्रयोग गर्न सकिने मध्येको एक फलफुल हो अनार । बहुगुण भएको फलफुल अनारको फाइदाहरु यहाँ चर्चा गरिएको छ ।

अनारका फाइदा

अनारमा हाम्रो शरिरलाई चाहिने विभिन्न प्रकारका भिटामिनहरु हुनाले पनि यो अत्यन्तै उपयोगी फल हो । एउटा अनारमा ३.५ ग्राम फाइबर, ३३ मिलिग्राम फोलिक एसिड, २०५ ग्राम पोटासियम, ८.९ ग्राम भिटामिन सी, १४.५ ग्राम भिटामिन ‘के’ हुन्छ भन्ने यसमा १६.३ ग्राम कार्बोहाइड्रेड पनि पाइन्छ । यस्तो बहुगुण भएको फलले हाम्रो शरिरलाई विभिन्न प्रकारका फाइदाहरु दिन्छन् ।

१. क्यान्सरबाट जोगाउँछ

प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने अनारको दानामा ट्युमर विरुद्ध लड्ने तत्व हुने कुरा अध्ययनले पत्ता लगाइसकेको छ । अनारमा हुने एक प्रकारको एसिड (प्युनिसिक एसिड) ले स्तन क्यान्सरको कोषहरुलाई मार्ने कार्य गर्ने बताइन्छ ।

त्यस्तैगरी अनारले पुरुषलाई प्रोस्टेट क्यान्सर लाग्ने सम्भावनालाई न्युन बनाउँछ । अनारको गेडामा हुने विभिन्न अम्लीय तत्वले शरिरमा क्यान्सर बन्ने कोषिकासँग प्रतिरोध गर्ने हुनाले पनि यसलाई क्यान्सर प्रतिरोधी फल भनिने गरिएको छ ।

२. स्वस्थ मुटु

शरिरमा कोलस्ट्रोल बढ्दै जाँदा हृदयघातको सम्भावना पनि बढ्दै जान्छ । यस्तोमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट भएको अनारको सेवनले कोलस्ट्रोल घटाउन मद्दत गर्छ ।

विभिन्न अध्ययनले अनार खानेहरुको शरिरको ब्लड प्रेसर नियमित रहेको पाइएको छ । नियमित अनारको सेवनले अनावश्यक थुप्रिएको कोलस्ट्रोललाई नष्ट पार्ने कार्य तिब्रताको साथ गर्ने भएकोले यसले मुटुलाई स्वस्थ बनाउँछ ।

३. हाडको जोर्नीमा समस्या हुन नदिन

विभिन्न अध्ययनले देखाए अनुसार अनारको सेवनले हाडजोर्नीको समस्यालाई धेरै हद सम्म समाधान गरेको छ । यसमा भएको एन्टिअक्सिडेन्टले शरिरलाई शान्त बनाउने तथा शरिर सुन्निने समस्यालाई पनि समाधान गर्ने गरेको छ । यसले हाडलाई हानी गर्ने तत्वलाई नष्ट गर्ने भएकोले पनि अनारको सेवनले जोर्नीको समस्या हुन दिंदैन ।

४. नियमित ब्लड प्रेसर

अनारको सेवनले मानव शरिरको रक्त संचारको प्रवाहलाई नियमित गर्दछ । ब्लड प्रेसर अनियमित हुँदा हृदयघात तथा पक्षघात जस्ता समस्या हुने हुनाले पनि अनारको जुस तथा अनार नै सेवन गर्नुले ब्लड प्रेसरलाई धेरै तलमाथि हुन दिंदैन ।

५. व्यायामको गर्नेको लागि उत्तम

शारिरीक व्यायाम गर्दा शरिरलाई प्रशस्त शक्ति चाहिन्छ । यस्तोमा विभिन्न प्रोटिन तथा कार्बोहाइड्रेड पाइने कारणले गर्दा पनि अनार उपयुक्त हुन्छ ।  यसको प्रयोगले शरिरलाई आवश्यक शक्ति पाइने हुँदा पनि अनारको सेवन राम्रो हुने बताइन्छ ।

६. पाचनमा सहायक

हाम्रो शरिरको धेरै रोगहरु पाचनमा भएको समस्याले गर्दा सुरु हुने गर्दछ । अनारमा हुने फाइबर तत्वले मानव शरिरको पाचन प्रणालीलाई सहायता गर्ने भएकोले पनि यसले पेटमा हुने अल्सर लगायतका समस्यालाई समाधान गर्न सघाउँछ । पेटलाई स्वस्थ बनाउने हो भने नियमित अनारको सेवन गर्नु अत्यन्त्यै हितकारी हुन्छ ।

७. भिटामिन तथा एन्टिअक्सिडेन्ट

हाम्रो शरिरलाई हानी गर्ने तथा कमजोर भएको कोषहरुलाई बल पु¥याउन भिटामिनहरु तथा एन्टिअक्सिडेन्टको ठुलो भुमिका हुन्छ । अनारमा पाइने भिटामिन सि, इ तथा के जस्ता तत्वले शरिरलाई स्वस्थ बनाइ रोगसँग लड्ने क्षमता प्रदान गर्दछ । सोही कारण पनि हाम्रो शरिरको लागि अनार बहु उपयोगी छ ।

यि उल्लेखीत फाइदाहरु भएको अनारको नियमित सेवन गर्नु स्वास्थ्यको लागि अति उपयोगी हुन्छ । अनारमा भएका तत्वले शरिरको रोग सँग लड्ने क्षमता तथा तौल नियन्त्रण गर्ने अत्यन्त्यै महत्वपूर्ण कार्य गर्न सक्ने भएकाले यसको सेवन मानव शरिरको हितमा छ । बजारमा पाइने शक्ति बर्धक तथा सफ्ट ड्रिंकको प्रयोगले शरिरलाई बिगार्ने काम मात्र गर्दछ । यस्तोमा यि कृत्रिम पेयको स्थानमा अनारको नियमित सेवन गर्दा शरिरलाई बहुआयामिक फाइदा पाइने हुनाले यसको सेवन नियमित गर्न स्वास्थ्य विशेषज्ञहरु सुझाउँछन् ।

 अनुहारको चमक बढाउने सजिलो प्राकृतिक उपाय

-  सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने । यो लेप तयार भएपछि

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ, ७ असार  । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले