खर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

 

जाजरकोट ।  आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् । 

निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन् । 

‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु ।’ (नयाँपत्रिका दैनिकबाट)

अब दुई छोरी मात्र जन्माए १२ कक्षासम्म निःशुल्क शिक्षा

काठमाडाैं, १० असार । दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई चितवनकाे माडी नगरपालिकाले विशेष सुविधा दिने भएको छ । दुवै छोरीलाई

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

लन्डन, १० असार । इंग्ल्यान्ड माथिल्लो दर्जाका टिमलाई हराउन असफल खेलाडीको समूह हो त ? विश्वकपमा अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलअघि कप्तान इयान

विश्वकप क्रिकेटः तीन मुख्य प्रतिस्पर्धा

लण्डन, १० अुसार । विश्वकपकाे बहुप्रतीक्षित खेलमध्ये एक इंग्ल्यान्ड र अष्ट्रेलियाले मंगलबार प्रतिष्पर्धा गर्दै छन् । आयाेजक टाेली इंग्ल्यान्डले

सुसाइड नोटः दाइ–भाउजूले हेला गरे, सर मिसले केटाहरूलाई पिट्छन्

काठमाडौं, १० असार । ११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा