पाक फ्यानले दुर्व्यवहार नगर्ने शर्फराजको दाबी

एजेन्सी । विश्वकप २०१९ अन्तर्गत आज पाकिस्तान र अष्ट्रेलियाले खेल्दैछन् । कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको यस खेलमा पाकिस्तानी समर्थकले कस्तो व्यवहार देखाउँछन् भन्ने चासो बढेको बताइन्छ ।

पाकिस्तान क्रिकेट टोलीका कप्तान शर्फराज अहमदले पाकिस्तानी फ्यानप्रति विश्वास देखाएका छन् । ति फ्यानले अष्ट्रेलियाका खेलाडी स्टीभ स्मिथलाई भारतीय फ्यानले जस्तो दुर्व्यवहार नगर्ने उनको दाबी रहेको छ ।

भारत र अष्ट्रेलिया बिचको खेल हुँदा बाउन्ड्री लाइनमा फिल्डीङ गरिरहेका स्टीभ स्मिथलाई भारतीय फ्यानहरुले बेइमान (चिटर) भन्दै ‘बू’ गर्दै दुव्र्यवहार गरेका थिए । सोही समय ब्याटिङ गरिहेका भारतीय कप्तान विराट कोहलीले इशारा मार्फत् त्यस्तो दुर्व्यवहार नगर्न बरु ताली बजाउन आग्रह गरेका थिए । स्मीथले विराटको कदमको लागि सोही समय धन्यवाद दिंदै विराटसँग हात मिलाउँदै उनलाई धाप दिएका थिए ।

खेलपछिको पत्रकार सम्मेलनमा पनि विराटले फ्यानहरुको उक्त व्यवहार आफुलाई ठिक नलागेको बताएका थिए ।  

क्रिकेटको भावना अनुरुप विराटले उक्त कार्य गर्ने उनी सिमित भारतीय खेलाडी मध्ये एक बनेका छन् । उग्र व्यवहार देखाउन खप्पिस भारतीय खेलाडीको तर्फबाट यस्तो उदार व्यवहार भएपछि क्रिकेट वृत्तमा विराटको सकारात्मक चर्चा चलिरहेको छ ।

त्यस्तै अरु देशका खेलाडी तथा समर्थकहरुलाई दुव्र्यवहार गर्न खप्पिस भारतीय समर्थकको भने क्रिकेट वृत्तले नकारात्मक टिप्पणी गरिरहेको छ । खेलाडीहरुलाई मैदानमा पानीको बोतलले हान्ने देखि लिएर जथाभावी बोल्ने गरेका भारतीय क्रिकेट समर्थकको अघिल्ला बदमाशीहरु पनि यो क्रममा थप बाहिरिएको छ ।

यस्तै परिवेशमा पाकिस्तानका कप्तान शर्फराज अहमदलाई पाकिस्तानी फ्यानले पनि भारतीय फ्यानले जस्तै दुव्र्यवहार गरेमा कोहलीको जस्तै उदारता देखाउनु हुन्छ भन्ने प्रश्नमा उनले पाकिस्तानी समर्थकले यस्तो व्यवहार नगर्ने बताएका हुन् ।  

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पाकिस्तानी समर्थकले त्यस्तो दुव्र्यवहार गर्नेछैनन् । पाकिस्तानीहरुलाई क्रिकेटलाई माया गर्छन्, सोही कारण उनीहरु समर्थन गर्न मन पराउँछन् र उनीहरु खेलाडीहरुलाई मायाँ गर्छन् । ’

बलियो इंग्ल्याण्डलाई हराएको पाकिस्तान र अष्ट्रेलियाको भिडन्त बहु प्रतिक्षित रहेको बताइन्छ । टाउनटनमा हुने यस खेलबाट पनि सेमिफाइनलको समिकरण विस्तारै स्पष्ट हुने विश्लेषण गरिएको छ ।

 

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै

पोग्बाले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर राेकियाे

वोल्भरह्याम्पटन, ४ भदाै । पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको

फुटसल प्रतियोगिता हुने

  धनगढी, ३ भदौ । ‘फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसन’ र नेपाल खेलकूद पत्रकार मञ्च कैलालीको संयुक्त आयोजनामा ‘नेपाल आइस धनगढी फुटसल लिग’ हुने भएको