प्रशस्तै कमाउँछन् कोहली, यस्तो छ उनको आम्दानी

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रन बनाउन मात्र होइन कमाउन पनि उत्तिकै सिपालु रहेको थाहा भएको छ ।

वार्षिक करिब २ करोड ५० लाख डलर कमाइ गरिरहेका कोहली सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा पनि परेका छन् । फोर्ब्स म्यागजिनले निकाल्ने उक्त सूचीमा पर्ने उनी एकमात्र भारतीय खेलाडी रहेको बताइन्छ ।

फोर्ब्सले मंगलबार जारी गरेको उक्त सूची अनुसार उनी १०० औं स्थानमा रहेका छन् । उनले अघिल्लो वर्षको तुलनामा करिब १० लाख डलर बढि कमाएपनि उनी उक्त सूचीमा अघिल्लो वर्षको तुलनामा तल झरेका छन् । उनी अघिल्लो वर्ष ८३ औं स्थानमा रहेका थिए ।

उनले यो वर्ष करिब २ करोड १० लाख डलर विज्ञापन लगायतको कामबाट कमाएका छन् भने क्रिकेट खेलाडीको हैसियतमा पाएको तलब तथा विजेता रकम मार्फत् उनले ४० लाख डलर कमाएको बताइन्छ ।

ठुलो रकम कमाउने उनले बलिउडमा सफल नायिका अनुष्का शर्मासँग बिहे गरेका छन् । लगातार हिट फिल्ममा काम गरेकी अनुष्का पछिल्लो समय फिल्ममा देखिन छोडिएकी छिन् । विराटसँगको बिहेपछि अनुष्काले फिल्ममा भन्दा व्यक्तिगत जीवनमा ध्यान दिइरहेको बताइन्छ ।

फोर्ब्सको उक्त सूचीको पहिलो नम्बरमा अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी रहेका छन् । उनले एक वर्षको अवधिमा १ सय २७ मिलियन डलर कमाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले १ सय ९ मिलियन डलर कमाएको बताइएको छ ।

 

एभिसी भलिबल : तुर्कमेनिस्तानद्वारा अफगानिस्तान पराजित

  काठमाडौँ, २ भदौ ।  तुर्कमेनिस्तानले अफगानिस्तानलाई पराजित गरी एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा

फ्रेन्च लिग : पिएसजी पराजित, खड्कियो नेयमारको अभाव

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतियोगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध

नेपाली युवा टोली भारत प्रस्थान

काठमाडौँ, २ भदौ । भारतको पश्चिम बंगालमा हुन लागको साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ ।  बुधबारबाट सुरु हुने

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ’

दमौली, २ भदौ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ