डोल्पामा टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, २८ जेठ । गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो । 

    सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटी डाँडामा रहेको टावरमा आएको खराबी पत्ता लगाउन हिंडेको नेपाल टेलिकम डोल्पाले जनाएको छ । फोन सेवा अवरुद्ध हुँदा यहाँका सबै ठाउँमा सम्पर्क गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए । 

    टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने भएकाले जतिसक्दो समस्या पत्ता लगाएर मर्मत गरिने टेलिकमले जनाएको छ । महिना दिनभित्र डोल्पामा दुई पटक टावरमा समस्या आएपछि फोन सेवा अवरुद्ध भइसकेको छ । रासस

बिजुली विहीन बैतडीका स्थानीय तह

बैतडी, ३० जेठ ।  देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका  नगरपालिकामध्ये  पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली

अनियमित बिजुलीले गर्मीमा जनजीवन कष्टकर

बाँके, २९ जेठ  । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ ।

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ ः मन्त्री पोखरेल

विराटनगर, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने

खतरनाक भाइरस सहितको ल्याप्टप लाखौं डलरमा बिक्री

एजेन्सी । विश्वको ६ वटा खतरनाक भाइरस रहेको सामसुङ कम्पनीको ल्यापटप १३ लाख ४५ हजार डलरमा बिक्री भएको छ । अनलाइन बोलकबोल मार्फत् बिक्री भएको