यू–१९ एसिया कपमा छनौट हुने नेपालको अवसर

काठमाडौं, जेठ २९ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्नुपर्ने भएको छ । आज जारी भएको खेल तालिका अनुसार समुह ए मा नेपाल सहित म्यानमार, चीन र सिंगापुर रहेको छ । समुह बी मा भने मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेको छ । आगामी असार १७ देखि २४ सम्म चल्ने यस प्रतियोगिता मलेसियामा आयोजना हुने भएको छ ।

यस प्रतियोगिताको बिजेता टोलीले आगामी भदौ ११ देखि भदौ २२ सम्म चल्ने टेष्ट राष्ट्र सम्मिलित एसीसी यू–१९ एसिया कपमा सहभागि हुने अवसर पाउनेछ ।

श्रीलंकामा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक श्रीलंका सहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, युएई, कुवेत र एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेताले सहभागि हुन पाउनेछन् । सोही कारण नेपालले उक्त प्रतियोगितामा सहभागि हुने यहि मात्र मौका रहेको छ ।

नेपालले यसअघिको एसीसी यू–१९ एसिया कपमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा भारत र अफगानिस्तानसँग पराजित भएको नेपालले युएईले दिएको २ सय ६९ रनको लक्ष्य सफलता पूर्वक भेट्टाएको थियो ।   

एसिया कपको क्वालिफायरको रुपमा रहेको यस प्रतियोगितामा नेपालले पहिलो खेल असार १७ मा म्यानमार विरुद्ध खेल्नेछ । त्यस्तै दोश्रो खेल असार २० मा नेपालले सिंगापुरसँग खेल्ने तालिका रहेको छ भने समुह चरणको अन्तिम खेल असार २१ मा नेपालले चीनको सामना गर्नेछ ।

समुह चरणको खेल पश्चात दुबै समुहबाट शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनलको खेल भने २३ गते हुने तालिका रहेको छ । त्यस्तै फाइनल खेल भने असार २३ गते हुनेछ ।

 

तस्विरः अघिल्लो वर्ष यू–१९ एसिया कप खेल्ने नेपाली टोली

 

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई

शानदार फर्ममा शकिब, कीर्तिमानको ओइरो

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल–हसनले गएराती भएको अफगानिस्तान विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अनेक कीर्तिमान कायम गर्न सफल भएका

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौँ, ९ असार । एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

कास्की, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा  पुरुषतर्फ नेपाली