टिसी च्याम्पियन बन्दा बिमलको शानदार प्रदर्शन


काठमाडौं, जेठ २९ । नेपाली स्टार फुटबलर बिमल घर्तीमगरले दुई गोल गर्दै माल्दिभ्सको ट्रस्ट एण्ड केयर (टिसी) स्पोर्टस क्लबलाई च्यारिटी शिल्ड प्रतियोगिताको उपाधि दिलाएका छन् ।

अब्बल फरवार्ड बिमलले दुई गोल गर्दै टिसीले फोकाइधु फुटबल क्लबमाथी जित दर्ता गर्दे टोलीलाई उपाधि दिलाए ।

टिसीले पहिलो लेगको खेलमा फोकाइधुको घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो । दोश्रो लेगको खेल मंगलबार राति टिसीको घरेलु मैदानमा हुँदा ३–१ को नतिजा सहित समग्रमा ४–२ ले विजयी भएको छ ।

दोश्रो लिगको महत्वपूर्ण खेलमा टिसीको लागि इब्राहिम आइसामले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा अन्य कुनै गोल नभएपनि दोश्रो हाफमा भने फोकाइधु लयमा देखिएको थियो । खेलको ५८ औं मिनेटमा अलि शामिउले गोल गर्दै स्कोर बराबरीमा ल्याउन सफल भयो ।

बराबरी गोलले दबावमा आएको टिसीले आक्रामक रणनीति बुन्दै निरन्तर फोकाइधुको पोष्टमा प्रहार गर्ने क्रम शुरु गरेको थियो । यस्तोमा खेलका ६९ औं मिनेटमा बिमल घर्ती मगरले गोल गरेपछि टिसीको अग्रता बढ्यो ।

लगत्तै त्यसको ८ मिनेटपछि पुनः बिमलले गोल गर्दै टिसीको उपाधि सुनिश्चीत गराए । खेलको बाँकि समयमा कुनै गोल नभएपछि टिसीले जित हात पारेको थियो ।

महत्वपूर्ण खेलमा दुई गोल गरेका बिमलल टिसीसँग गत महिनामात्र करार गरेका थिए । एक वर्षको लागि गरिएको उक्त करार लगत्तै उनले टोलीलाई उपाधि दिलाएपछि बिमलको चर्चा ह्वात्तै चुलिएको छ ।

 

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै

पोग्बाले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर राेकियाे

वोल्भरह्याम्पटन, ४ भदाै । पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको

फुटसल प्रतियोगिता हुने

  धनगढी, ३ भदौ । ‘फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसन’ र नेपाल खेलकूद पत्रकार मञ्च कैलालीको संयुक्त आयोजनामा ‘नेपाल आइस धनगढी फुटसल लिग’ हुने भएको