फिल्ममा पनि रणवीरकी पत्नी बन्दै दीपिका

एजेन्सी । बलिउड नायक रणवीर सिंह आगामी फिल्म ‘८३’ लाई लिएर लामो समयदेखि चर्चामा छन् । यसरी चर्चा हुनुमा उनको श्रीमती दीपिका पादुकोणको ठूलो भूमिका रहेको बताइन्छ ।

सरी चर्चामा हुनुको मुल कारण चाहिं यि वास्तविक जीवनको जोडीले फिल्ममा पनि श्रीमान् तथा श्रीमतीको भुमिकामा देखिनु रहेको बताइन्छ । उक्त फिल्ममा पूर्व भारतीय क्रिकेटर कपिल देवको जीवनीमा आधारित रहेको छ । रणवीरले कपिल देवको भुमिकामा काम गर्नेछन् भने दीपिकाले कपिलकी श्रीमती रोमी भाटियाको भुमिकामा देखिने भएकी छिन् ।

हालसालै विवाहबन्धनमा बाँधिएका यि स्टार जोडीको विवाह पछिको यो पहिलो फिल्म हुने भएको छ । दीपिका फिल्म सुटिङका लागी लण्डन गएकी छिन् ।

यो जोडीले यसअघि सन्जय लिला भन्शालीको फिल्म ‘रामलीला’ मा काम गरेका थिए । फिल्म आगामी वर्षको अप्रिल १० मा रिलिज हुने बताइएको छ ।

फिल्मको लागि रणवीरले क्रिकेटको विशेष प्रशिक्षण लिनुको साथै कपिल देवसँग पनि लामो समय बिताएको बताइन्छ ।

किन अस्वीकार गरिन् शिल्पाले १० करोडको अफर ?

  काठमाडौँ, ४ भदौ । बलिउड अभिनेत्री सबैभन्दा बढी फिट रहेकी शिल्पा शेट्टी ४४ वर्षको उमेरमा पनि जवान देखिन्छिन् । उनी सफल फिल्ममा उनले गरेका उत्कृष्ट

यसरी भइन सोनम कपुर ट्राेलकाे सिकार

मुम्बई, ४ भदाै । बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालको ट्रोलमा छाएकी छिन् । सन् २०१६ मा बनेको उनी अभिनित ‘नीरजा’ फिल्म पाकिस्तानमा

विवाहअघि नै दुइ सन्तानका बावु \'द रक\'ले गरे दोस्रो विवाह

'द रक' उपनामले चर्चित रेस्लिङ स्टार एवं हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन् । सतचालीस

विश्वकै ह्याण्डसम अभिनेता ऋतिक

  ३२ साउन । ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन् । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ । जसले उनलाई विशेष