औलोका बिरामी घट्दै

जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना बाहिरी जिल्लाबाट आएको कार्यालयले जनाएको छ । 

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा शङ्कास्पद चार हजार २१ को रगतको नमूना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एक स्थानीय र १४ जना बाहिरबाट आएका थिए । यस्तै आव २०७३/०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यस वर्ष यहाँका दुई हजार २५० को रगतको नमूना परीक्षण गरिएको थियो । 

केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरिका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन गर्ने गरी कार्यक्रम चलिरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय सङ्क्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवनसहित देशभरि स्थानीयभन्दा आयातित सङ्क्रमित बढी देखिएको केसीले बताए । रासस

 अनुहारको चमक बढाउने सजिलो प्राकृतिक उपाय

-  सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने । यो लेप तयार भएपछि

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

काठमाडौँ, ९ असार । कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित

डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकोट, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि

जथाभावी औषधि नबेच्न सुझाव

ताप्लेजुङ, ७ असार  । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले