३७ वर्षको उमेरमा ईशा देवलको दोश्रो सन्तान

एजेन्सी । बलिउडकी पूर्व नायिका ईशा देवल ३७ वर्षको उमेरमा दोश्रो पटक आमा बनेकी छिन् । सोमबार राती उनले छोरीलाई जन्म दिएको खबर बाहिरिएको छ ।

बलिउडका चर्चित जोडी धमेन्द्र र हेमा मालिनीकी छोरी ईशाले आफ्नो इन्स्टाग्राममा एक तस्विर राख्दै आफु छोरीको आमा बनेको सार्वजनिक गरेकी छिन् । उनले छोरीको तस्विर भने सार्वजनिक गरेकी छैनन् ।

उनले सोही पोष्ट मार्फत् छोरीको नाम मिराया तख्तानी राखेको पनि बताएकी हुन् । उनले सन् २०१७ मा जेठी छोरी राध्यालाई जन्म दिएकी थिइन् ।

ईशा देवलले भरत तख्तानीसँग विवाह गरेकी थिइन् । उनले विवाहअघि बलिउडमा ‘कोई मेरे दिल से पुछे’,  ‘ना तुम जानो ना हम’, ‘चुरा लिया हे तुमने’ जस्ता थुप्रै फिल्ममा काम गरेकी थिइन् ।

बलिउडमा खासै जम्न नसकेकी उनी पारिवारिक जीवनमा भने खुशी रहेको बताइन्छ । उनकी आमा हेमा मालिनीले हालै भारतको लोकसभा चुनावको दोश्रो पटक विजय पाएकी छिन् भने उनको सौतेनी दाजु सन्नी देवल पनि उक्त चुनावमा विजयी भएका थिए ।

 

 

चर्चित जोडी टाइगर श्रफ र दीशा पटानीको ‘ब्रेकअप’

एजेन्सी । बलिउडका चर्चित जोडी दीशा पटानी र टाइगर श्रफको प्रेम सम्बन्ध टुटेको खबर बाहिरिएको छ । हालसम्म आधिकारिक रुपमा यि दुईले कहिल्यै सम्बन्धमा

रेखा थापाकाे आक्रोशः यो कस्तो गणतन्त्र हो ?

काठमाडौं, १० असार । सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि अभिनेत्री

\'म अहिले डेटमा छैन्, सम्बन्ध बिना पनि खुसी रहन सकिने रहेछ\'

हलिउड अभिनेत्री एन्जेलिना जोली ब्राड पिटले सन् २०१६ मा औपचारिक रूपमा सम्बन्धविच्छेद भएको घोषणा गरे ।  उनीहरू अहिले आआफ्नाे दुनियामा रमाइरहेका छन्

ट्वीटको कारण फसे रणवीर सिंह

एजेन्सी । विश्वकप २०१९ मा भारत पाकिस्तान र भारत बिचको खेलको लागि क्रिकेट समर्थकहरुका साथै सेलिब्रेटीहरुको पनि उत्तिकै चासो रहेको थियो । खेल भारतले