दुराचार अभियोगमा ‘हाइप्रोफाइल’ क्यानेडियन दोषी ठहर

काठमाडौं, २८ जेठ । मानव अधिकारकर्मीको आवरण बालबालिकालाई फकाएर यौन शोषण गर्ने हाइप्रोफाइल क्यानेडियन नागरिक पिटर जोन डाल्गलिश दोषी ठहर भएका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले ६१ वर्षिय डाल्गलिश विरुद्ध २०७५ वैखाश १९ गते काभ्रे जिल्ला अदालतमा बाल यौन दुराचारको मुद्दा दायर गरेको थियो । करिब १ वर्ष चलेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । ब्यूरोले उनको अपराधको चिकित्सकीय र वैज्ञानिक प्रमाण अदालतमा पेश गरेको थाहा भएको छ ।

काभ्रे जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलाशले सोमबार डाल्गलिश दोषी ठहर भएको र सजायँ निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ ।

उनका क्यानडाली वकिल नादेर हसनले अब उनको मुद्दा पुनरावेदनमा लाने तयारी गरको बताएका छन् । अदालतको निर्णयको पूर्णपाठ आइसकेपछि सो प्रक्रिया अघि बढाउने बताइएको छ । डाल्गलिशले भने आरोप अस्वीकार गरेको बताइन्छ ।

पिटरको अपराधको प्रकृति जघन्य भएकोले उनलाई ९ देखि १३ वर्ष सम्मको सजायँ हुन सक्ने बताइन्छ । नेपालको कानूनले बालबालिका विरुद्ध यौन शोषण र हिंसा गर्नेलाई ९ देखि १३ वर्ष सजाय हुने व्यवस्था छ । साथै पिडित बालबालिकाको लागि क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्यूरोले मानव अधिकारकर्मीको आवरणमा बालबालिकालाई फकाएर यौन हिंसा गर्ने गरेका पिटरलाई मन्दनपुर देउपुर नगरपालिका–१, काभ्रे बाट २०७४ चैत्र २४ मा पक्राउ गरेको र सो क्रममा ब्यूरोले १२ र १४ वर्षिय दुई बालकको उद्धार पनि गर्न सफल भएको थियो ।

पिटरले आफ्नो पद तथा आफ्नो संस्थाको आडमा गरिब बालबालिकालाई पैसा, शिक्षा र वैदेशिक भ्रमणको लोभ देखाउँदै यौन शोषण गर्दै आएका थिए । उनले बालबालिकाको अभिभावकलाई पनि सामाजिक काम गर्ने गरेको भन्दै विश्वासमा लिंदै यस्तो जघन्य अपराध गर्ने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको थियो ।

क्यानडियन नागरिकले हाल हिमालयन सामुदायिक फाउन्डेशन नामक संस्थाको आडमा यस्तो कर्तुत गर्दै आएका हुन् ।

पिटर जोन डाल्गलिश विगतमा संयुक्त राष्ट्र संघको प्रतिनिधीको रुपमा अफगानिस्तान र नेपालमा काम गरि सकेको छन् । उनले विश्व खाद्य संगठन, युनिसेफ, विश्व स्वास्थ्य संगठन, यूएन ह्याबिट्याट जस्ता संगठनमा ३० वर्ष काम गरिसकेका छन् ।

विदेशी नागरिकले नेपालका बालकहरु माथि आर्थिक प्रलोभनमा पारी यौन शोषण गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि विभिन्न समयमा विदेशी नागरिकहरु रंगेहात पक्राउ परेका छन् ।

पाँच वर्ष अघि क्यानडाकै नागरिक अर्नेष्ट फेनविक म्याकिन्तोश ललितपुरबाट पक्राउ परेका थिए र ललिपुर जिल्ला अदालतले उनलाई ७ वर्षको जेल सजाय तोकेको थियो ।

तीन वर्ष अगाडि अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस भन्ने व्यक्ति ५ बालबालिका सहित ठमेलबाट पक्राउ परेका थिए । त्यस्तैगरी जर्मनी नागरिक अलबर्ट फ्रेड क्लीनिक असार १५, २०७४ मा १४ वर्षिय १ बालक सहित ठमेलकै ज्याठाबाट पक्राउ परेका थिए भने हालसालै अष्ट्रियाका नागरिक मार्कस केन्डलर एक बालक सहित ठहिटीबाट पक्राउ परेका थिए ।

बालबालिकाहरु विदेशीहरुको मुख्य निशाना पर्ने कारण बताउँदै अनुसन्धान अधिकृत भन्छन्, ‘विदेशी बाल यौन शोषकहरु बालबालिकाको कलिलो मानसिकतालाई डर, धम्की र लोभ देखाइ सहजै यस्तो दुष्कार्य गर्ने गरेको पाइएको छ । बालबालिकाहरु प्रतिरोध गर्न नसक्ने भएकाले पनि यस्ता अपराधीहरुको मनोबल बढिरहेको छ । ’

 

 

 

 

 

प्रभावकारी बन्दै प्रदेश ३ का जनमैत्री कार्यक्रम 

  काठमाडौँ, ४ भदौ । देश संघियता गएपछि विकासको प्रणलीमा परिर्वतन भैसकेको छ । नेपाल ७ वटा प्रदेशमा विभाजित भएको छ । सबै प्रदेशले आफ्नो प्रदेश विकासको

भारतका बाह्य मामिलामन्त्रीको उपस्थिती : यस विषयमा हुदैछ विमर्श

  काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका

प्रहरीमाथि पारसकाे हातपात प्रकरणः यसरी हुँदैछ छानबिन

काठमाडाैं, ४ भदाै । केहि दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष बाहिरबाट भित्र जाँदै गरेको देखिएका पूर्वयुवराज पारस शाहले

रक्तचन्दनको तेलसहित तीन पक्राउ

काठमाडाैं, ४ भदाै । नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ