नेकपा बैतडीले पूर्णता पायो

बैतडी, २८ जेठ  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण ग्रहण गराएका हुन् । 

पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उनिहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रमहरुको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताइन् । जिल्ला सदस्यहरुको शपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ । 

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाएका थिए । बैतडीमा छ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ । रासस

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक

 जबज नमाने प्रचण्डविरुध्द ‘गम्भीर मुद्दा’ उठाईने

काठमाडौं । मार्गदर्शक सिध्दान्त एकातिर पन्छाएर निर्वाचन लक्षित एकता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा अहिले आएर रनभुल्लमा परेका छन् ।

कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकामा संसद्मा  आपत्ति

काठमाडौँ, ९ असार । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक