घरको छतमा हेलिकप्टर दुर्घटना भएपछि...

एजेन्सी । उडान गरेको ११ मिनेटपछि ल्याण्ड गर्ने क्रममा एक हेलिकप्टरले घरको छतमा क्र्याश ल्याडिङ गर्दै दुर्घटनामा परेको छ ।

सोमबार अमेरिकाको न्यूयोर्क शहरमा रहेको मिडटाउन म्यानहेटन बिल्डीङको छतमा ल्याण्ड गर्दा दुर्घटना भए आगो लागेको बताइएको छ । घटनामा उक्त हेलिकप्टरका पाइलटको मृत्यु भएको छ ।

घटनाको अनुसन्धान गरिरहेका अधिकृतहरुले ति पाइलटको नाम टिम म्याककर्माक रहेको बताएका छन् । घटना भइरख्दा पानी परेकोले पनि पाइलटलाई ल्याण्ड गर्न समस्या रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घरको छतमा हेलिकप्टर दुर्घटनामा पर्दै आगो लागेपछि सुरुमा यसलाई आतंकवादी हमला हो कि भनेर अनुसन्धान गरेपनि अन्ततः यो दुर्घटना भएको थाहा भएको छ । अमेरिकामा पछिल्लो एक महिनामा हेलिकप्टर दुर्घटनामा परेको यो दोश्रो पटक रहेको बताइन्छ ।  

 

अस्ट्रेलियाली चर्चमा यौनकाण्ड : कार्डिनल जर्ज पेल दोषी ठहर

  मेलबोर्न, ४ भदौ । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ । अदालतको उक्त

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  काबुल, ४ भदौ । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको

ब्राजिलमा डढेलोको प्रकोप, २७ सय किलोमिटर पर दिउँसै अँध्यारो

ब्राजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको

चन्द्रमामा पुग्यो चन्द्रयान-२

नयाँदिल्ली, ४ भदाै । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ। इसरोका अनुसार