पाइलटले हेलचक्याँइ नगरेको नेवानिको दाबी

काठमाडौं, २८ जेठ । गत आइतबार काठमाडौंबाट दिल्ली जान लागेकोे जहाजमा पाइलटले हेलचक्र्याँइ गरेको समाचारलाई नेपाल वायुसेवा निगम (नेवानि) ले खण्डन गरेको छ ।

आरए २०५ कलसाइन भएको उक्त जहाज आइआरएस शुरु नगरी उडान गरेको र ट्याक्सी वेमा पुगेपछि मात्र उक्त प्रणाली सुरु गरेको समाचार आएपछि नेवानिलाई गम्भिर संकट परेको बुझिएको छ । उक्त कार्यबाट यात्रुको सुरक्षा खतरामा रहेको बताउँदै थुप्र्रै अनलाइनले उक्त समाचार लेखेको थियो ।

पछिल्लो समय गन्तव्य बढाउन नसकेर हैरान परेको नेवानिलाई यस्तो गम्भिर आरोप आएपनि आरोप लगाएजस्तो केहि नभएको दाबी नेवानिले गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै ट्याक्सी वे मा आइआरएस सुचारु गरेको भन्ने खबरको नेवानिले खण्डन गर्दै, ‘जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल्कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पुर्याउने भएकोले त्यसको पूर्ण खण्डन गरिन्छ'  भनेको छ ।

एटीसीले ट्याक्सी वे मा रहँदा अर्को जहाज ११ डिएमई मा आउँदै गरेकोले तत्कालै उड्न सक्ने जानकारी दिएपनि पाइलटले उक्त जहाज ल्याण्ड गरेपछि मात्र उडान गर्ने भनेकोले मात्र ट्याक्सी वे मा रोकिनुपरेको जनाएको छ ।

यस्तो छ नेवानिको विज्ञप्ती

 

फिनएयर नेपाल आउने, युरोप जानेलाई नयाँ विकल्प

काठमाडौं, ४ असार । युरोपेली राष्ट्र फिनल्याण्डको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी फिनएयरले नेपालमा सिधा हवाइ उडान गर्ने भएको छ । यसका लागि सो

आहा, कति अनौठो लुक्ला विमानस्थल !

 लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको मुख्य प्रवेशद्वारा लुक्ला आफैंमा पर्यटकीय आकर्षणको केन्द्र हो । अनुपम प्राकृतिक सुन्दरताले

बाजुराका पर्यटकीय ताल सङ्कटमा

बाजुरा, १७ जेठ  ।  जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा सङ्कटमा परेका छन् । पर्यटकीय ताल छेडेदह र

पर्यटकको रोजाइमा बोराका घुमाउने घर

पोखरा, १७ जेठ  ।  बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।