एन्फामा असन्तुष्टि बढ्दै, पाण्डेले दिए राजिनामा

काठमाडौं, २८ जेठ । फुटबल क्षेत्रमा भएको अनियमितताको विरोध गर्दै उदाएको वर्तमान अखिल नेपाल फुटबल संघ (एन्फा) मा असन्तुष्टि बढ्दै गएको थाहा भएको छ ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापाको कार्यशैलीले फुटबल नसुध्रने भन्दै उनकै विरोधको बलमा एन्फाको अध्यक्ष पदमा विजयी भएका कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीले अपेक्षा अनुरुप काम गर्न नसकेसँगै असन्तुष्टि सतहमा आएको बताइन्छ ।

सोमबार छिरिङका सल्लाहकार रहेका नवीन पाण्डेले राजिनामा बुझाएपछि पनि यो विषय बाहिरिएको छ । एन्फाको महत्वकांक्षी योजना ‘चेन्ज एन्फा’ अभियानका सदस्य पाण्डेले महासचिव ईन्द्रमान तुलाधरलाई राजिनामा बुझाएका छन् ।

एन्फाको अन्तर्राष्ट्रिय विभागको प्रमुख रहेको उनले एन्फा नेतृत्वको कार्यशैली र कमजोर क्षमता प्रति असन्तुष्टि जनाउँदै बाहिरिएको एन्फा निकट सूत्रले बताएको छ ।

वर्तमान एन्फा निर्वाचित हुनासाथ उनलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको थियो । उनको नियुक्तको त्यतिबेला व्यापक विरोध भएको थियो । गैर आवासीय नेपालीलाई एन्फाको जिम्मेवार पद दिएको भन्दै नेतृत्व नै आलोचित भएको बताइन्छ ।

पछिल्लो समय भने उनले नियमित रुपमा योजना तथा सल्लाह दिएपनि एन्फाले बेवास्ता गरेको भन्दै आफ्नो असन्तुष्टि जाहेर गरेको बुझिएको छ ।

यसअघि एन्फाको कार्यसमिति बैठकले मानार्थ अध्यक्ष तासी घलेलाई पनि पदबाट बर्खास्त गरेको थियो । उक्त विषयमा पनि एन्फाका पदाधिकारी बिच मनमुटाव रहेको श्रोतले बताएको छ ।

पछिल्लो समय नेपाली फुटबलको पनि अपेक्षाकृत विकास हुन नसकेकोले वर्तमान एन्फाको आलोचना हुँदै आइरहेको छ । रेलिगेसन बिनाको लिग संचालन गर्दै दुनियाँ हसाएको वर्तमान एन्फाले अरुको विरोध गर्न मात्र खप्पिस रहेको र काम गर्ने ढंग पु¥याउन नसकेको भन्दै फुटबल वृत्तमा चर्चा चल्ने गरेको बताइन्छ ।

 

तस्विरः नवीन पाण्डेको फेसबुक

 

आन्द्रे रसेल घाइते, समस्यामा वेष्ट इन्डिज

एजेन्सी । वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल घाइते भएका छन् । घुँडाको चोटबाट ग्रसित उनी विश्वकप टोलीबाट बाहिरिएका छन् । रसेललाई

शानदार फर्ममा शकिब, कीर्तिमानको ओइरो

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल–हसनले गएराती भएको अफगानिस्तान विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अनेक कीर्तिमान कायम गर्न सफल भएका

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौँ, ९ असार । एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ

राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई

कास्की, ९ असार । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा  पुरुषतर्फ नेपाली