आलु खेतीबाट आम्दानी

डडेल्धुरा, २७ जेठ ।  बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । 

 जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।

 जिल्लाको अमरगढी नगरपालिका–१ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका किसानले तीनमहीने ‘कार्डिनल’ जातको आलु लगाएर राम्रो आम्दानी गर्न सफल भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्न बालीका लागि ६ महीना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा अपेक्षाभन्दा बढी आम्दानी हुने अमरगढी–७ का किसान वसन्तीदेवी भण्डारीको भनाइ छ । उनले भनिन्, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ किसान समूहमा बचत पनि गरेका छौँ ।”

  “बढी फाइदा आलु खेतीमा रहेछ, अन्नबाली लगाएर जोगाउन कठिन पनि हुने परिश्रम पनि बढी लाग्ने भएकाले आलुखेतीमा लागेका हौं”, किसान प्रिया कठायतले भनिन् । 

 मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीका किसानले सोचे जस्तै उपलब्धि हासिल गरिरहेको उनको भनाइ थियो । जिल्लाका किसानले यो मौसममा पनि मकै लगाउन छोडेर तरकारी नै लगाउने गरेको पाइएको छ । आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सक्रियता बढी छ । यो खेतीमा धेरै समय महिलाले दिन्छन् । कतिपय महिला किसान आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमान् तथा अन्य परिवारको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको वसन्तीदेवी भण्डारीको अनुभव छ । 

 अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिँउदे र बर्खे बालीका रुपमा आलुखेती गरिन्छ । त्यसबाट प्रत्यक्ष रुपमा मौसमी रु ५० लाख किसानले आम्दान गर्ने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । रासस

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत, ८ असार । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका

माटो परीक्षण शिविर शुरु

डोटी, ८ असार  । डडेल्धुरास्थित डिभिजन कृषि ज्ञान केन्द्रको पहलमा यहाँको  कृषि ज्ञान केन्द्रले शिखर नगरपालिकामा निःशुल्क माटो परीक्षण शिविर