भारतीय सर्तबाट झस्किए पूर्व राजा

काठमाडौं । भारतमा दुइतिहाई बहुमत नजिकको हैसियतमा भारतीय जनता पार्टीको सरकार बनेपछि नेपालको राजनीतिमा महत्वपूर्ण परिवर्तन हुने विश्लेषण गरिरहेका पण्डितहरुलाई एउटा अनौठो प्रस्तावले चकित पारेको बुझिएको छ ।

 नेपालको नयाँ संविधानलाई अहिलेसम्म समर्थन नगरिरहेको भारतले पूर्व राजसंस्था पुनस्थापना र निरन्तरता आवश्यक ठानेको तर उसको सर्त अनुसार मात्र पुनस्थापनाको  लागि सहयोग गर्ने सर्त राखेको जानकार सूत्रले बताएको छ ।

नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अप्रत्यक्ष संवादमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रस्तावप्रति खासै रुची नदेखाएको बुझिएको छ । उपयुक्त समयमा मोदी र पूर्व राजाको अनौपचारिक भेटघाटको समेत चाँजोपाँजो मिलिरहेको जानकार सूत्रले बताएको छ । तर यही सम्भावित भेटघाटको पूर्व  सन्ध्यामा भारतले केही महत्वपूर्ण प्रस्ताव पठाएको सूत्रले बताएको छ ।

त्यो मुख्य सर्तमा ‘छोरा पारसलाई राजपरिवारबाट अलग गरिएको सार्वजनिक घोषणा गर्नुपर्ने ।’ भन्ने रहेको बुझिएको छ । यो सर्त देखेर नै पूर्वराजा झस्किएको बताईएको छ । पारसलाई अलग गरेपछि उत्तराधिकारीको दावी गर्न नमिल्ने र त्यसपछि नाती या बुहारी नै विकल्प हुने हुनाले भारतले यस्तो प्रस्ताव गरेको बताईएको छ ।   

तर पारसलाई  राजपरिवारबाट अलग गर्दा राजतन्त्र पुनस्थापनाको अभियानलाई भारतले सहयोग गर्छ भने कुनै पनि हालतमा ढिलाइ गर्न नहुने सल्लाह पूर्वराजा शाहलाई सल्लाह दिएका बुझिएको छ ।

पूर्व राजा आउँदो असारको पहिलो साता बैंककबाट स्वदेश फर्कने र लगत्तै पश्चिम नेपालका पहाडी जिल्ला भ्रमणमा जाने बताईएको छ ।  
यिनै बिषयमा विभिन्न समयमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको सूत्रले पूर्व राजाका सम्बाद सूत्रहरुसँग वार्तालाप गरिरहेको समाचार सूूत्रले बताएको छ । 

एक उच्च समाचार सूत्रका अनुसार, पारसलाई उत्तराधिकारीको दावी गर्न नमिल्नेगरी हटाउनु र त्यसपछि राजसंस्था पुनस्थापना भैहालेमा आफ्नो सधैं हात माथि पर्ने गरी समर्थन गर्ने उदेश्यसहित अरु केही प्रस्ताव पनि पूर्व राजाको हात परेको छ । तर यसमा पूर्व राजा निकै सतर्क रहेको सूत्रले बताएको छ ।   (फायल तस्बिर: पूर्व राजालाई स्वागत गर्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।)

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक

 जबज नमाने प्रचण्डविरुध्द ‘गम्भीर मुद्दा’ उठाईने

काठमाडौं । मार्गदर्शक सिध्दान्त एकातिर पन्छाएर निर्वाचन लक्षित एकता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा अहिले आएर रनभुल्लमा परेका छन् ।

कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकामा संसद्मा  आपत्ति

काठमाडौँ, ९ असार । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक