यसकारण रोए यि अफगानी क्रिकेटर

एजेन्सी । क्रिकेट खेलाडीको लागि विश्वकपमा खेल्नु भनेको ठुलो सपना हुने गरेको छ । जीवनभर क्रिकेट खेल्नेले पनि सधैं विश्वकपमा खेलेको सपना मात्र देख्नुबाट पनि विश्वकप क्रिकेटको महत्व कति छ भन्ने बुझ्न कठिन हुँदैन ।

यस्तोमा अफगानिस्तानका एक क्रिकेटरले लामो प्रतिक्षा पश्चात विश्वकप खेल्न पाएको सौभाग्य आफुसँग खोसेको भन्दै आँसु खसालेका छन् ।
अफगानिस्तानका विस्फोटक ब्याटसम्यान तथा विकेटकिपर मोहम्मद शहजादले श्रीलंका विरुद्ध खेल्दा घुँडामा समस्या आएको भन्दै अफगान क्रिकेट बोर्डले उनलाई टोलीबाट जबरजस्ती हटाएको भन्दै चित्त दुखाएको सार्वजनिक भएको छ ।

हालै एक अन्तर्वार्ताको क्रममा उनले आफु पूर्णरुपमा फिट हुँदा हुँदै जबरजस्ती विश्वकप टोलीबाट हटाएको भनेका छन् । काबुलका वरिष्ठ पत्रकार इब्राहिम मोमान्डले यसको खुलासा गरेका हुन् । उनका अनुसार शहजादले आँसु खसाल्दै आफ्नो बारेमा बताएका हुन् ।

उनले ट्वीटर मार्फत् शहजादको आँखाभरी आँसु पारेको फोटो सहित अफगान क्रिकेट बोर्डले आफुलाई सोध्दै नसोधी टोलीबाट हटाएको बताएका छन् ।

ट्वीटमा उनले लेखेका छन् , ‘मलाई कुनै चोट अथवा समस्या छैन । म पूर्णरुपमा फिट छु । अफगान क्रिकेट बोर्डका पदाधिकारीहरुले मसँग सल्लाह नै नगरी मलाई टोलीबाट बलपूर्वक निकालेका हुन् भनेर शहजादले भनेका छन् । उनी घुँडाको समस्याको कारण भन्दै टोलीबाट हटाइएका छन् । उनले हालै मिडियालाई दिइएको भोइस क्लीपमा यस्तो बताएका हुन् । उनी भोली घर फर्कदैं छन् । ’

शहजादले यस विश्वकपमा पहिलो खेल अष्ट्रेलिया विरुद्ध खेलेका थिए भने दोश्रो खेल श्रीलंका विरुद्ध खेलेका थिए ।

अफगानिस्तानलाई विश्वकपसम्म पु¥याउनमा शहजादको ठुलो योगदान रहेको बताइन्छ । उनले ८४ एकदिवसिय खेल खेल्दै ३३.६६ को औसतमा २७२७ रन बनाएका छन् । १४ अर्धशतक र चार शतक प्रहार गरेका उनी यस स्वरुपको क्रिकेटमा सबैभन्दा धेरै रन बनाउन अफगानी क्रिकेटर हुन् ।

ओपनरको रुपमा अफगानिस्तानको हरेक सफलतामा सहभागि यि ३२ वर्षिय खेलाडीलाई यसरी हटाउनुमा बोर्डको राजनीति रहेको आरोप लागिरहेको छ ।

पछिल्लो समय नियमित कप्तान अशगर अफगानलाई हटाइ गुलबदिन नाइबलाई कप्तान बनाएपछि पनि बोर्डको राजनीति सतहमा आएको बताइन्छ । बोर्डको यो कदमको अफगान टोलीका अन्य खेलाडी मोहम्मद नाबी र रसिद खानले खुलेरै विरोध गरेका थिए ।

केहि समयअघि सम्म क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नखेल्ने अफगानिस्तानले पछिल्लो दश वर्षमा ठुलो फड्को मार्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेष्ट खेल्ने मान्यता पाइसकेको छ ।

टेष्ट मान्यता पाएसँगै आईसीसीबाट राम्रो सहयोग रकम आउन थाले देखि अफगानिस्तान क्रिकेट बोर्डमा चर्को राजनीति हावी भएको बताइएको छ ।

 

 यू–१५ साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

  काठमाडौँ, ४ भदौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा

एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल : नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै

पोग्बाले पेनाल्टी मिस गरेपछि म्यानचेस्टर राेकियाे

वोल्भरह्याम्पटन, ४ भदाै । पाउल पोग्बाले पेनाल्टी गुमाएपछि म्यानचेस्टर युनाइटेड सोमबार इंग्लिस प्रिमियर लिगमा वोल्भससँग १–१ को बराबरीमा रोकिएको