‘बोल्ड आउट’ गरेको बल उडेर सिमारेखा कटेपछि...

एजेन्सी । क्रिकेटको महाभिडन्त अहिले इंग्ल्याण्ड र वेल्सम जारी छ । विश्वका उत्कृष्ट १० देशले आफ्नो उत्कृष्ट खेल पस्कँदै विश्वकप २०१९ प्रतियोगितालाई रोमाञ्चक बनाइरहेका छन् ।

यि अब्बल राष्ट्रहरु जितको लागि हरसम्भव प्रयासका साथ प्रतिस्पर्धात्मक खेलहरु खेलिरहेको छन् । यि खेलहरुमा घट्ने कतिपय घटनाहरु भने अविष्मरणीय नै हुने गरेका छन् ।

शनिबार राति बंगलादेश र इंग्ल्याण्ड बिचको खेलमा यस्तै घटना घटेको छ । जुन क्रिकेट समर्थकहरुले लामो समयसम्म याद गर्नेछन् ।
बंगलादेशका ब्याटसम्यान सौम्या सरकारले ब्याटिङ गरिरहँदा इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले फालेको बलको अहिले सामाजिक संजालमा व्यापक चर्चा चलिरहेको छ ।

दोश्रो इनिङको चौथो ओभरको दोश्रो बलमा आर्चरले फालेको दोश्रो बल ब्याटसम्यान सरकारले खेल्न नसकि बिट भएको र उक्त बल अफ स्टम्पमा लागेर उड्दै विकेट किपरको पछाडि सिमारेखा नै कटेको थियो । १ सय ४३ किलोमिटर प्रतिघण्टाको स्पीडमा फालिएको उक्त बलले सरकारलाई आउट पार्दै त्यति पर गएको घटना क्रिकेटमा बिरलै देखिने गर्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उक्त बलको भिडियो ट्वीटरमार्फत् ‘ अहिलेसम्म स्टम्पमा लागेको बल उडेर छक्का भएको देख्नु भएको छ ’ भन्दै शेयर गरेको छ ।

पूर्व भारतीय क्रिकेटर इरफान पठान र पूर्व पाकिस्तानी क्रिकेटर फैसल इक्वालले पनि आँफु अचम्मित भएको भन्दै उक्त भिडियो शेयर गरेका छन् । आर्चर यस विश्वकप अहिलेसम्म सबैभन्दा बढि स्पीडमा बल फाल्ने पेशर पनि बनेका छन् । उनको सबैभन्दा तिब्र गतिको बल १ सय ५३ किलोमिटर प्रतिघण्टाको मापन गरिएको छ ।

त्यसअघि इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको बंगलादेशले ४८.५ ओभरमा २८० रन बनाउँदै अलआउट भएको थियो । इंग्ल्याण्डले उक्त खेल १ सय ६ रनले जित्न सफल भएको थियो ।
 

 

आर्सनल र लिभरपुलको लगातार दोस्रो जित 

  भदौ १ काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । आर्सनलका लागि अलेक्जेन्ड्रे

माउरिन्होको आलोचनाले अचम्मित छैन : लाम्पार्ड

  काठमाडौँ १ भदौँ । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्ना पूर्व प्रशिक्षक जोस माउरिन्होको आलोचनाबाट आफू अचम्मित नभएको बताएका छन् । गएको

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा

काठमाडौँ १ भदौँ । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी  हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज

५८ करोड अनियमितताबारे यसाे भन्छन् गणेश थापा

काठमाडौं, १ भदाै । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोप पुष्टी गर्न चुनाैती दिएका छन् । थापाले सामाजिक