कम्युनिष्टभित्र आइएनजिओ र चर्चको यस्तो छ दवदवा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीमा सहभागि भएकै समयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता आलोपालोको प्रसंग कोट्याए । यो भन्दा अगाडि गतवर्ष उनी दिल्ली र बेइजिङ दौडधुप गरे ।

 

दिल्लीमा पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमाथि हमला गरे पत्रकार सम्मेलनमा इण्डो/सिआइएलाई खुशी पार्न । फर्केर बेइजिङ पुगेका उनलाई चिनियाँहरुले स्थिरतामै सुरक्षित रहने सन्देश दिएपछि शान्त भएका थिए । अहिले भारतमा मोदीको पुर्नउदयसँगै दाहाल चलमलाउन खोज्नुलाई स्वभाबिक मान्न सकिदैन । हो, ओली सरकारका समस्या छन् । त्यसैले. सुधानुपर्ने काम धेरै छन् । धर्म निरपेक्षताको खारेजी र संघीयतालाई घटाउने वा बिघटन गर्नै पर्दछ । यसका लागि समय सन्दर्भ र शक्ति सन्तुलन पनि त्यतिकै आवश्यक छ । यसकारण प्रधानमन्त्री ओलीको बिकल्पमा यो व्यवस्थाभित्र प्रचण्ड, माधव नेपाल, शेरबहादुर वा डा. बावुराम भट्टालाई खोज्नु घातक हुन्छ ।

 

भारत प्रधानमन्त्री ओलीको बिकल्प चाहन्छ, किनकी आफु नियन्त्रित अस्थिरतमा खेलेर नेपालमा चीनलाई रोक्नु उसको भित्री नियत हो । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो परराष्ट्र मन्त्रीमा सिआइए दीक्षित एस जयशंकरलाई नियुक्ति गरेर पहिलो सन्देश दिइसकेका छन । संबिधान निर्माणको क्रममा युरोपियन क्रिश्चियनद्वारा परिचालित तराइका मधेशी दलको आवरणमा उनीहरुको माग सम्वोधन गर्नुपर्ने भन्दै संविधान जारी नगर्न दवाव दिन यिनै जयशंकर अन्तिमपटक काठमाडौं आएका थिए । यदि पश्चिमी ढोकाबाट भारतले नेपालबाट हेर्दछ भने पश्चिमासंग नेपालले भारतमार्फत होइन आफैं डिल गर्दछ । दिल्लीका शासकहरुले यो हेक्का राख्दा हुन्छ । जहाँसम्म चीनको प्रश्न छ, सिआइए र नेपाली सेनाको हेडक्वाटरबाट सञ्चालन मात्र होइन, नेपालको चिनियाँ दुतावासमा सिआइएको पकड रहेको छ, जो चीन आवरणमा पश्चिमी मिशनको काम गर्दछन । उनीहरुको कनेक्सन भद्रकालीको सैन्य हेडक्वाटरसँग जोडिएको छ ।

 

यो सञ्जाल राष्ट्रबादको आवरणमा पश्चिमी स्वार्थ रक्षार्थ केन्द्रित छ । यी बाँदरे राष्ट्राबादीहरुले हेक्का राख्न जरुरी छ, बिशाल नेपाल एकीकरणका नायक बहादुर शाहको नायबी शासनकालदेखि मदन भण्डारी र राजा वीरेन्द्रको हत्या हुँदासम्म चीनले कहिल्यै पनि संरक्षण दिन सकेको छैन । यो कटु यथार्थका बीच तमाम कमी कमजोरी हँदाहुदै पनि चीनसँगको सम्झौता र वीआरआईमा सहभागिता प्रधानमन्त्री ओली र प्रचण्डले नै गरेका  छन । सन १८१६ को सुगौली सन्धीपछि २०३ वर्ष नेपालले स्वतन्त्र अस्तित्व रक्षा गर्न नै संघर्ष गनुपरेको छ । ब्रिटिशका ‘पाल्तु कुकुर’ जस्तै राणाहरुको सत्ताबाट २००७ सालमा बर्हिगमन भयो । ब्रिटिश दीक्षित भारतीय सत्तासंगै पुनः सघर्ष गनुप¥यो । जसको कारण राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, मदन भण्डारी र ०७२ सालको संबिधान नरोकेको कारण शुशील कोईरालासम्मको हत्या भयो ।

 

बिषेशगरी नेपाली सेनामा राणाहरुको पकड नै पटक–पटक हत्याको श्रृंखलाहरु हुन गए । तितो तथ्य के हो भने राजा त्रिभुवनले राणाहरुसंग गर्न खोजेको पारिवारिक सम्वन्ध बिच्छेद राजा महेन्द्रबाटै संभव भएन । अन्तत दरवार सेनामा पकड जमाएको त्यहि राणा परिवारबाटै नेपालमा गणतन्त्र आयो । राजा ज्ञानेन्द्रले इण्डो पश्चिमी घेरामा बसेर दिल्ली, बैंकक, सिंगापुरमा राजनीतिक भलाकुसारी गर्नु राम्रै थियो होला । त्यो भन्दा पूर्व आफ्ना बुवा महेन्द्रको हत्या कसले र किन ग¥यो ? आमा रत्ना र तत्कालीन एडीसी शेरबहादुर मल्ललाई सोधेर निष्कर्षमा पुग्न जरुरी छ ।


२०५८ जेठ १९ को दरवार हत्याकाण्ड सबैको अगाडि छर्लङ्ग छ । राजा वीरेन्द्र र मदन भण्डारीको हत्या भएको महिना पनि यही हो । यो दुखद महिनालाई सम्झदै वर्तमान सरकारले आफ्ना भाबी कदमहरु अत्यन्त धैर्यताकासाथ चालेन भने प्रधानमन्त्री ओली मात्र होइन, स्वय प्रचण्ड पनि सुरक्षित रहने छैनन् । पूर्व राजा ज्ञानेन्द्रले पनि आफ्ना बाबु महेन्द्रको राष्ट्रबादी चिन्तन र अडानका कारण हत्या वा स्वभाविक मृत्यु ? आमा रत्नाई सोध्न जरुरी भए जस्तै प्रचण्डले आफ्नो छोरा प्रकाश दाहालको हत्या कि मृत्यु ? आफैंलाई सोध्न जरुरी छ । काँग्रेस नेता डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शुशील कोइरालाको हत्या किन ? आफैंलाई प्रश्न गर्दा हुन्छ । यो प्रसङ्ग किन उठाउनु परेको हो भने राष्ट्रिय एजेण्डा भित्र राजनीतिक स्पेश खोज्नुपर्दछ तर एजेण्डाबिहिन अराजकतामा भबिष्य देख्नु पिसाबको न्यानो जस्तो एकछिनलाई तातो न होला तर त्यो अन्तत बिषमा परिणत हुनेछ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीले मदन भण्डारीको हत्या कि मृत्यु ? आफैंले आफैंलाई सोध्न जरुरी देखिन्छ ।

 

संसारका सम्राट हुन या अधिपतिहरु उसको पनि मृत्यु छ । मृत्यु छ भन्ने कुरालाई साक्षि राखेर माथि नाम दिइएका नेपालको वर्तमान राष्ट्रिय राजनीतिका खेलाडीहरुले आ–आफ्ना जासुसी घेरा तोडेर समीक्षा गर्न जरुरी छ । जासुसी घेरा कार्यकर्तामा माात्र होइन, आफ्नै परिवारभित्र पनि पुगिसकेको छ । दम्भ, अंहकार र घमण्ड त्यागेर समीक्षा गर्न ढिला भैसकेको छ । प्रश्न गणतन्त्र र राजतन्त्र होइन, राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको   हो । राजा हुदैं त्रिभुवन, महेन्द्र र वीरेन्द्रको हत्या भएको छ भने गणतन्त्रमा शुशील कोईरालाको पनि हत्या भएको भन्ने भनाइ रहेको छ । यसको समीक्षा भएन भने र इण्डो/पश्चिमी सुरक्षाकेन्द्रलाई ध्वंश गरिएन भने कोही पनि सुरक्षित हुने छैनन् ।

 

यो अवस्थामा प्रधानमन्त्री ओलीको बिकल्प खोज्नेहरुको बैकल्पिक एजेण्डा के हो ? यदि एजेण्डा छैन भने बिकल्पको खोजी पाँचवर्ष नपुग्दै किन ? यसको जवाफ दाहालले पहिला दिनुपर्दछ । अहिले इण्डो/पश्चिमी शक्तिकेन्द्र चीनको नेपाल स्पेशको खोजिपछि अत्तालिएको छ र, त्यसका लागि अस्थिरता खोजेको छ । ओली सरकार हटाउने बित्तिकै नियन्त्रित अस्थिरताको खेतीमा खेल्न सजिलो हुनेछ । यही रणनीति अन्तर्गत नै सडक देखि पार्टी र सदनसम्मको गतिबिधिलाई तिब्र पारिएको छ । प्रचण्डको अभिव्यक्ति त्यसको एउटा पार्ट हो । यो पंक्तिकारलाई भारतसँग पहुँच राख्ने एकजना मित्रले भनेका थिए– नरेन्द्र मोदीले बिगतमा प्रचण्डलाई अबको नेतृत्व तपाईं नै हो भने ।

 

उता माधव नेपाललाई पनि तपाईं नै हो भने, यता प्रधानमन्त्री ओलीलाई जनताको म्याण्डेट तपाईंलाइ छ भने । यसरी उनीहरु खेल्छन । तत्पश्चात प्रचण्डको दौडधुप र माधव नेपाल ओली बिरुद्ध बोल्न लागे तर परिणाम आएन । ठीक यही रणनीतिमा भारत नेकपाभित्र खेल्न खोजिरहेको छ । यो कुरा सबैले हेक्का राखुन । यो भारतको नेहरु र इन्दिरा गान्धीकालिन रणनीतिकै निरन्तरता हो । जसरी बिगतमा माधब नेपाल, पुष्पलाल, मोहनबिक्रम सिंह र डा. बाबुराम भट्टराईलाई ‘रअ’ले फरक–फरक समयमा प्रयोग गरेको थियो ।

 

प्रचण्ड र उनका सेनामेनाले हेक्का राख्दा हुन्छ चार सय ७१ द्वन्द्वकालिन मुद्दा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तर्राष्ट्रिय अदालत आर्कषित हुनसक्ने भन्दै फैसला गरेपछि मन्त्रिपरिषदको अध्यक्ष बनेका थिए । कम्बोडियामा पोलपोटको मृत्युपछि अपराधको मुल्य जसरी चुकाउनु प¥यो त्यसरी नै कथित जनहत्यारा माओवादीहरुले पनि चुकाउनै पर्दछ, समय ढिलो चाँडो मात्र हो । यो कुराको हेक्का दाहालले राखेनन भने उनकै जीवनकालमा मुल्य चुकाउनु पर्नेछ ।

 

हो, एमालेभित्र माधब, बामदेव एनजिओको सञ्जाल र प्रचण्डभित्रको चर्च सञ्जालले अस्थिरता चाहान्छ । नेता नेपाल, गौतम, घनश्याम भुषाल, योगेश भटट्राई एनजिओ सञ्जालमा छनभने कृष्णबहादुर महरा, बर्षमान पुन, जनार्दन शर्मा चर्च सञ्जालमा छन । त्यसैगरी मातृका यादबदेखि राम कार्कीहरु ‘रअ’ को सञ्जालमा जोडिएका छन् र स्वम प्रधानमन्त्री ओलीको घेरामै इण्डो पश्चिमी जमात रहेको छ । यी सबै घेराबन्दीबाट सचेत रहदै अगाडि बढनु नै अहिलेको चुनौति हो । प्रधानमन्त्री ओलीलाई कमजोर बनाउँदा प्रचण्ड सुरक्षित रहने छैनन ।

 

भारतमा फेरी नरेन्द्र मोदीको उदयसँगै सिआइए प्रशिक्षित एस जयशंकरको पराष्ट्रमन्त्री नियुक्तिबाट नै दिल्लीको दक्षिण एसीयाली पोलिसी शक्तिकेन्द्रको आधारमा निर्माण हुनेछ, जुन बिगत ५ वर्षकै निरन्तरता रहनेछ । त्यो भनेको चीनको प्रभावलाई कसरी रोक्ने भन्ने नै हो । त्यसैका लागि भाजपाकै सरकारको समयमा नेपालमा राजा वीरेन्द्रको बंशबिनास हुनेगरी दरबार हत्याकाण्ड को घटना घटाइएको थियो । प्रधानमन्त्री ओलीले बुझ्न जरुरी छ की योगी नरहरीनाथलाई २०३४ सालमा जेलमा हाली करेण्ट लगाएर हत्या गर्न उद्धत दक्षिणपन्थीहरुले हिन्दुत्वको नारा, त्यसप्रतिको आस्था र बिश्वासका लागि होइन, पश्चिमी केन्द्र अन्तर्गतको राजनीतिक स्वार्थका लागि हो । यसर्थ धर्म निरपेक्षतालाई हटाएर सबिधान संशोधन गर्न जरुरी छ । त्यतिबेला उनीहरुलाई खेल्ने ठाँउ हुनेछैन । (प्रकाश खबरमा प्रकाशित अर्जन ज्ञवालीको राजनीतिक विश्लेषण)

ओली तर्सिएपछि टर्यो सम्भावित घटना

काठमाडौं । अन्ततः गुठी विधेयकमा सरकार पछि हटेको छ । तथापि आन्दोलन कारीहरु भने सडकमै छन् । विधेयक ३ असारसम्म फिर्ता नभए आन्दोलन अनियन्त्रित भई खतरनाक

 मध्यावधिका लागि तयार रहन ओलीले दिए प्रचण्डलाई धम्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मध्यावधि निर्वाचनको धम्की दिएको बुझिएको छ । सत्तामा आलोपालोको

दुई तिहाई सरकार: कायर, निम्छरो र नकच्चरो तर्क

दुई तिहाईको ऐतिहासिक र बलियो सरकार किन यस्तो कायर, निम्छरो र नकच्चरो तर्क गर्दछ ? ***** ***** आफू हतारहतार कुनै कार्ययोजना तयार नै नगरी वाइडबडी खरिदको

धरापमा हिमालयन बैंक

काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो