व्यावसायिक माछापालनतर्फ आकर्षण

पाल्पा, २४ जेठ  ।  खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक माछापालनतर्फ आकर्षित छन् । खेतबारीमा प्रशस्त पानीका मुहान हुने किसानले अहिले अन्नबाली उत्पादन गर्ने खेतबारीमा माछाका पोखरी निर्माण गरेर व्यावसायिक माछापालन आकर्षित भएका हुन् । 

परम्परागत अन्नबाली उत्पादनमा प्रतिफलभन्दा श्रम खर्चिनुपर्ने बाध्यता रहेको व्यावसायिक माछापालनमा किसान आकर्षित हुन थालेका छन् । कम लगानी र मुनाफा बढी हुने भएपछि तिनाउ गाउँपालिकाको दोभानस्थित झ्यालका युवा अन्नबाली उत्पादन हुने खेतबारी पोखरी निर्माण गरी माछापालन व्यस्त देखिएका छन् । 

तिनाउ गाउँपालिका दोभानको झ्यालामा व्यावसायिक माछापालन गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । दश घरपरिवारले एक बिघा जमीनमा व्यावसायिक माछापालन गरी वार्षिक तीन÷चार करोड आम्दानी गर्न सफल हुने भनाइ छ ।

नेकपा माओवादीबाट स्थानीय निर्वाचनमा तिनाउ गाउँपालिकाका उम्मेदवार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यूह थापालगायतका युवा मिलेर माछापालन व्यवसाय शुरु गरेका हुन् । माछापालनबाट आर्थिक लाभसँगै स्थानीयस्तरमा स्वरोजगारका कार्यक्रम सिर्जना गर्न सहयोग पुगेको हो । थापाले पाँच रोपनी जमीनमा आठ वटा पोखरी निर्माण गरी माछापालन व्यवसाय थालनी गरेको बताए ।

राजनीतिसँगै उनले माछापालन व्यवसायलाई अगाडि लैजाने सोच राखेका छन् । राजनीति गर्न जतिबेला तानसेन बस्दा पनि घरमा आएका बेला हरेक वर्ष माछापालनका लागि एक/एकवटा पोखरी खने । एउटा पोखरी स्थानीय सरकारको माछापालन पकेट क्षेत्रअन्तर्गतको अनुदानमा खनिएको हो । आठ वटा पोखरीमा पालेका माछाबाट वार्षिक रु तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको थापाले बताए । 

“स्थानीय स्रोत र साधनको परिचालन माछापालन गर्न तोरीको पिना र भुस मोलेर दिन चलन छ । अहिले हामीले बजारको व्यवस्थापन गर्न समस्या हुन्छ, भनेर बजारको पिलेट दानाभन्दा स्थानीयस्तरमा उत्पादित दानाको प्रयोग गरिएको हो । पछि अनुदान पाएपछि हामीले माछालाई पिलेट दाना खुवाउन थालेका छौँ”, थापाले भने । बजारबाट ल्याउने दाना खुवाउँदा एक किलो खुवाउँदा डेढ किलोसम्म उत्पादन दिन विज्ञको भनाइ छ ।

यस क्षेत्रमा नैनी कमन, सिलभर, भ्याकुरलगायतका माछापालन राम्रो उत्पादन गर्न सम्भावना रहेको छ । मूलको पानीबाट पालेका माछा खाँदा स्वादिलो र मिठो हुने भन्दै घरमा नै माछा खरीद गर्दछन्, माछाका लागि बजारको समस्या नरहेको माछापालन गर्ने व्यवसायीको भनाइ छ । स्थानीयस्तरबाट प्रतिकिलो रु ३५० मा माछाको कारोवार हुँदै आएको छ । मूलको पानीमा ढिलो उत्पादन हुन्छ ।

तिनाउ गाउँपालिकाले माछापालन पकेट क्षेत्रअन्तर्गत वडा नं ३ को झ्यालामा व्यावसायिक माछापालनका लागि रु तीन लाख ७० हजार किसानलाई अनुदान प्रदान गरिएको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले बताए । यो वडामा पोखरी निर्माणका लागि प्रतिपोखरी रु १५ हजार अनुदान दिएको हो । अनुदानपछि माछापालनलाई व्यावसायिक बनाई आर्थिक लाभ लिन सफल हुने देखिएको छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा तरकारीखेती गर्नका लागि रु दुई लाख बजेट छुट्याइएको छ । बोटे गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गरी आयआर्जन गर्ने उद्देश्यका साथ रु एक लाख ५० हजार बजेट खर्चिने योजना छ । तरकारीखेतीबाट केही पैसा कमाउन सफल हुने श्रेष्ठको दाबी छ । ५० हजार तरकारीखेती गरिरहेका किसानलाई उत्पादनका आधारमा राम्रो काम गर्नेलाई थप प्रोत्साहनको सहयोग गर्ने योजना छ । रासस

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत, ८ असार । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका

माटो परीक्षण शिविर शुरु

डोटी, ८ असार  । डडेल्धुरास्थित डिभिजन कृषि ज्ञान केन्द्रको पहलमा यहाँको  कृषि ज्ञान केन्द्रले शिखर नगरपालिकामा निःशुल्क माटो परीक्षण शिविर