धेरै बाल विवाह हुने मुलुकमा नेपाल पनि

काठमाडौँ, २४ जेठ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी छन् ।

तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको (२८ प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा (१९ प्रतिशत) र मदगास्कर (१३ प्रतिशत) पनि बालकको बालविवाह हुने गरेको छ । सो हैसियतमा नेपालमा दशौँ स्थानमा छ । नेपालमा बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गर्छ ।
 
अध्ययनअनुसार विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरैजसो बालिका छन् । त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएका बालकले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुन्छन् ।” रासस

चौतर्फि बिरोधपछि रेशम चौधरीको खुट्टाको नेल हटाइयो

काठमाडाैं, ८ असार । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ

 भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा

पक्कि घर बनाउन आशमा कतार उडेका चौधरीलाई कच्ची बाकसमा पर्खदैं परिवार

नारायणपुर, ५ असार । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी

छोरी जन्मिए २० वर्षसम्म भत्ता पाइने

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले