पूर्वराजाको बैंकक बसाई अर्थपूर्ण,आउने बित्तिकै  पश्चिम दौडाहा

काठमाडौं । उन्नाइस दिनको विदेश बसाइपछि आगामी असार ३ गते विघटित राजसंस्थाका नायक ज्ञानेन्द्र शाह स्वदेश फर्कंदै छन् । जेठी नातिनी पूर्णिकाको दीक्षान्त समारोहमा सहभागी हुन गत जेठ ५ गते थाइल्याण्ड गएका शाह स्वदेश फिर्तीसँगै पश्चिम नेपालको भ्रमणमा निस्कने योजनामा रहेको निकट स्रोतले जनाएको छ । गणतान्त्रिक व्यवस्थासहितको संविधान बनाएका सभासदले ११ औं गणतन्त्र दिवसमा विभूषण पाए । तर, देशमा गणतन्त्र घोषणा भएको १० वर्ष पूरा भई ११ वर्ष पुगेका दिन शाह देशबाहिर रहे । सपरिवार बैंकक प्रवाशमा रहेका उनले केही राजनीतिक भेटसमेत गरेका थिए । यिनै भेटका कारण उनी निकै उत्साही भएको निकटस्थले बताएका छन् । 

जेठी नातिनी पूर्णिकाले बैंककस्थित विद्यालयबाट उच्च माध्यमिक तह पूरा गरेकीले पनि शाह निकै खुसी भएको बुझिन्छ । बैंककमा अध्ययनरत पूर्णिकाले अब विश्वविद्यालय तहको अध्ययन सुरु गर्दैछिन् भने नाति हृदयेन्द्र देशभित्रै अध्ययन गरिरहेका छन् । उनले यसैवर्ष विद्यालय तहको शिक्षा पूरा गर्दैछन् । कान्छी नातिनी कृतिका पनि विदेशमा दश जोड दुईमा अध्ययनरत छिन् । उनले गत वर्ष माध्यमिक शिक्षा पूरा गरेकी हुन् । छोरा पारसका कारण तनावमा परेका शाह नातिनातिनाको प्रगतिपछि प्रशन्न र तनावमुक्त भएको बुझिएको छ ।

  गणतन्त्र दिवसमा संविधानसभा सदस्यहरुले विभूषण थापिरहँदा शाह विदेशमा रहनुलाई अर्थपूर्ण मानिएको छ । यसलाई शाहनिकटस्थहरुले संयोग मानेका छन् । यो भ्रमण भने पहिले नै तय भइसकेको निकटस्थले बताएका छन् । 

गणतन्त्र स्थापना भइसके पनि बेला÷बेलामा राजसंस्था फर्काउन चाहनेको सक्रियता देखिँदै आएको छ । शाह स्वयं यसमा सक्रिय देखिन्छन् । उनको दौडाहालाई राजसंस्था फर्काउने चलखेलका रुपमा लिनेहरुसमेत छन् । राप्रपा  अध्यक्ष कमल थापाले राजसंस्था स्थापना गर्ने मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ । तर, अन्तर्राष्ट्रिय समर्थन नजुट्दा राजसंस्थापक्षधर निराश हुँदै आएका छन् । देशभित्र आफ्नो पक्षमा माहोल नबनेकाले पनि अन्तर्राष्ट्रिय चासो नदेखिएको ठानेर उनले देश दौडाहालाई जोड दिएका छन् । स्वदेश फर्किएलगत्तै देश दौडाहामा जाने बुझिएको छ । उनको जन्मदिन (२३ असारमा) काठमाडौंबाहिर नेपालगन्जमा मनाउने तय भएको छ । बैंकक जानुअघि शाहले पूर्व र मध्य तराईको भ्रमण गरी तीर्थस्थलमा पूजा गरेका थिए । उनले धार्मिक भ्रमणलाई आन्तरिक शक्तिसञ्चयको अवसरका रूपमा लिएको बताईन्छ । 

शाहको दौडाहा र सक्रियताप्रति प्रधानमन्त्री केपी ओलीदेखि नेकपा अध्यक्ष प्रचण्डसम्मले चासो लिएका बताईएको छ । सत्तारूढ नेकपालगायतका दलले उनको सक्रियतालाई गम्भीरतापूर्वक लिइरहेको संकेत मिलिसकेको छ । 

भारतका प्रभावशाली नेतासँग शाहको सम्बन्ध छ । काँग्रेस आईका वरिष्ठ नेता करण सिंहका उनका नातेदार हुन् । भाजपाका नेतासँग पनि उनको नाता रहेको छ । तर, विचारका दृष्टिले भाजपा दलका नेतासँग धेरै निकटता रहेको छ । 

योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री नहुँदै नेपाल आउँदा उनीसँग एउटा धार्मिक कार्यक्रममा साथै थिए । योगीले नेपालमा हिन्दू राज्य र राजसंस्था स्थापना गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । तर, मुख्यमन्त्री बनेपछि यी दुवै मुद्दाबारे योगी आदित्यनाथ मौन देखिन्छन् । भारतमा दोस्रो कार्यकालका लागि नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि हिन्दू राज्य स्थापना गर्न चाहनेहरु उत्साही भएको देखिन्छन् । मोदी आफैं हिन्दूवादी नेता हुन् ।  शाहले पनि पछिल्लो समय धर्मको मुद्दालाई जोडतोडका साथ उठाएका देखिन्छ । 

भारतमा भाजपा दलको जितले शाहका समर्थकलाई उत्साही बनाए पनि भारतले हिन्दू राज्य र राजसंस्थाको मुद्दालाई समर्थन गरिहाल्ने संकेत मिलिसकेको छैन । आजको विमर्श साप्ताहिक लेख्छ– आन्तरिक माहोल मिलाएमा बाह्य समर्थन जुटाउने अवस्था बन्न सक्ने रणनीतिका साथ शाहले पछिल्ला समय सक्रियता बढाएका छन् ।
 

 प्रचण्ड सत्तामा आलोपालोकै पक्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आलोपालोको सहमतिबाट टसमस नहुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

‘गलबन्दी च्यातियो’ गीतको चर्चा संसद्मा

काठमाडौं, १० असार । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक

 जबज नमाने प्रचण्डविरुध्द ‘गम्भीर मुद्दा’ उठाईने

काठमाडौं । मार्गदर्शक सिध्दान्त एकातिर पन्छाएर निर्वाचन लक्षित एकता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमा अहिले आएर रनभुल्लमा परेका छन् ।

कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकामा संसद्मा  आपत्ति

काठमाडौँ, ९ असार । कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक