धेरै कानेखुसी नगर्नोस्, फस्नुहोला !    

 काठमाडौं । ‘हातै काट्यो चालिसे चुराले,माया फाट्यो गाउँघरका कुराले’ हाम्रो नेपाली गाउँघरमा निकै चर्चित  उखान टुक्का हो यो । बिनाबित्थाका कुरा गरेर छरछिमेकीवीच झगडा गराउने अनि बसिसकेको माया प्रिती समेत छुटाउने छुच्चो बानी व्यहोरालाई दर्शाउन यो उखान उदाहरणका रुपमा चर्चा गरिन्छ अझै पनि । सदाबहार यो उखानले व्यक्तिका कुरौटे चरीत्रलाई त औंलो ठड्याउँछ नै, ठूल्ठूला सम्बन्धमा तनाव आयो भने पनि यसको सहारा लिने गरिन्छ ।

त्यसैगरी कानेखुसी पनि गाउँघर त के शहरबजारमा समेत सबैको रुचिको बानी हो भन्दा फरक नपर्ला । जुनसुकै योग्यता,पदीय हैसियत या दर्जाका मानिस किन नहुन्,यसो दुइजना भेट भयो कि कुनातिर सरेर कानेखुसी गर्ने नेपाली चरीत्र नै हो । नेपाली मात्र किन संसारकै मानिस यो बानीमा रमाउँछन् । कानेखुसी गर्ने बानी लागेपछि औपचारिक बैठक कक्षमै पनि छेउमा बसेका दुइजनाले मौका छोपीहाल्ने चलन त छँदैछ ।
 

मानिसको खानपिन, आवास, सुरक्षाको प्रवन्ध आदिमकाल नै देखि हुँदै आएको हो । अरु जुनसुकै सरसुविधा उपलव्ध भएपनि मानिस प्राय कानेखुसी गर्छन् र बिनाउपलव्धि पुलकित हुन्छन् । कानेखुसी मानिसको जीवनयापनकै एक अभिन्न अंग जस्तो बनेको छ सभ्यताको बिहानीबाट    नै । एकअर्काको कुराकानी गरेर जिज्ञासा मेटाउनु, जीवनमा अफ्ठयारा कुराहरुमा तर्क वितर्क गर्ने कुरा साधारण  हो । हामी सबै एकअर्काका बारेमा कानेखुसी गर्छौं । मानिसहरु चोकचोकमा कानेखुसी गर्छन्, हल्ला पनि फिजाउँछन् । उदेकलाग्दा कहानी बनाउँछन् अनि एउटा कथा रचेर गाउँघरमा अर्कै किसिमको परिस्थिति निर्माण गर्नमा खप्पिस हुन्छन् ।

        सोसियल साइकोलोजि र पर्सानालिटि विज्ञानका जर्नलमा मानिसले गर्ने कानेखुसीका बारेमा लेखिएको छ । जर्नलमा ५२ मिनेट गरेको कानेखुसीको अन्तर्वार्ता छ । भनिएको छ, मानिस हिँडदा कानेखुसी गर्दैनन् । मानिसको नालिबेली र आचरणको बारेमा कुनै ठाउँमा बस्दा कानेखुसी गर्ने चलन चलेको छ । एक अर्को अध्ययनले देखाएको छ मानिस ५२ मिनेट खासखुस गर्छ । 

ड्युक युनिभर्सिटिका मनोविज्ञान र न्यूरोसाइन्सका अध्यापक मार्क लेरी भन्छन्,“खासखुस गर्नु मानिसको नेचर हो जो समूहमा बस्छन् । हामीले हल्ला नगरिकन अरु मानिसलाई पनि बाँच्न दिनुपर्छ ।”

लेरी भन्ने गर्छन,“हल्ला माझ मानिसले केही जानकारी लिन खोज्यो भने उसले उल्टो दिशा पाउँछ । उसले आफूले चिनेको साथी भेट्दैन । उसको व्यक्तित्व सुहाउँदो र विचार भएका मानिस खोज्न उसलाई गाह्रो पर्छ ।”
 
तपाईँको समूहमा के के छन् ? परिवारमा माया कत्तिको पाइन्छ ? भावना कस्तो हुन्छ ? खानेकुरा र आवास कस्तो हुन्छ ? साथीहरु कस्ता हुन्छन् ? तपाईँ काम कहाँ गर्नु हुन्छ ? हेल्थ इन्सुरेन्स छ कि ? तपाईँको कमाइ कस्तो छ यावत कुरामा कानेखुसी हुन्छ ।

वार्तालाप गर्दा पनि मानिस कानेखुसी गर्दै हुन्छन् । जर्नल कि अभियनता लेरी भन्छन्,“मानिसको धारणा, विश्वास र कसरी एक अर्काबीच सल्लाह गर्छ । मानिसहरुले कानेखुसी गर्नुको पछाडि कुनै खास खबर लुकाउनु रहेको छ ।”

समूहमा बस्न रुचाउनुका कारण मानिस कानेखुसी गर्ने कुरा सन् २०१४ मा प्रकाशित साइकोलोजिकल साइन्स नामक जर्नलले बताएको छ । समूहका सदस्यहरुलाई पहिचान गर्न र अविस्वासी सदस्य चिन्न कानेखुसी गर्ने परम्परा रहि आएको बताइएको छ । 

मानिस समाजबाट बहिस्कृत हुँदा पनि कानेखुसीको लहर चल्छ । तर मानिस आफ्नो अनुभव र व्यवहारबाट धेरै कुरा सिक्नेछन् अध्ययनमा भनिएको छ । मानिसले कसरी समाजमा कार्य गर्ने भन्ने ठूलो प्रश्न हो । 

कहिले काहीं कानेखुसीको लक्षित समूह नराम्ररी फस्छ । कानेखुसी गरेको सुन्ने मानिस होहल्ला गर्ने समूह रहेछ भनेर गाली गर्छन् । कुटपिट नै चल्छ ।


   घरमूली बावुलाई आमाले काम नहुँदा गरेको गाली कहिलेकाहिँ असह्य बन्छ । कहिलेकाहिँ अफिसका हाकिमले आफ्नो कार्यालयका कर्मचारीलाई काम नगरेकामा हकार्छन् । कानेखुसी गर्ने परम्परा बस्छ । ल्यारी भन्छिन्,“तर बास्तबमा सूचना आदनप्रदान गर्नु मानिसको लागि राम्रो कुरा हो”। (एजेन्सीको सहयोगमा)
 
 

चौतर्फि बिरोधपछि रेशम चौधरीको खुट्टाको नेल हटाइयो

काठमाडाैं, ८ असार । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ

 भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा

पक्कि घर बनाउन आशमा कतार उडेका चौधरीलाई कच्ची बाकसमा पर्खदैं परिवार

नारायणपुर, ५ असार । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी

छोरी जन्मिए २० वर्षसम्म भत्ता पाइने

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले