इटहरीका मेयर र कलियुगे माओ

 

‘जसको नियत सफा छ । ऊ ठीक हो । के भन्यो, के भन्न हुन्छ, के हुन्नको आधारमा जजमेण्ट गर्नु हुन्न ।’

इटहरी नगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीसँग भएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर बालकृष्ण माबुहाङले सामाजिक सञ्जालमा गरेको यो टिप्पणी हो । यो एउटा प्रतिनिधि टिप्पणीमात्र हो । यस्ता सयौं टिप्पणीहरु छन् त्यसको फेहरिस्त बताएर साध्य छैन् । तर, द्वारिकालालको सन्दर्भमा गरिएको यो टिप्पणीले यो प्रकरणको सटिक विश्लेषण गरेको छ । 

नगरका मेयर भ्रष्ट छन भने सप्रमाण उनको विरुद्ध आउनु पर्छ । यसमा नागरिक समाज, राजनैतिक दल सबैले साथ दिनु पर्छ । तर, चौधरीले असावधानीवश या त्यस्तै रौद्र परिस्थितिमा बोलेको कुरालाई मुख्य बनाउने र खास घटनालाई राफसाफ बनाउने गर्नु हुँदैन । मेयर चौधरीका भाषागत, शैलीगत जवाफतलब गरिएका विषय मुख्य होइनन् । यो प्रकरणको आन्तरिक वा प्रमुख कारण भनेको इटहरी उप–महानगरपालिकामा सीएफएल चिम खरिद प्रकरणमा भएको अनियमितता, भ्रष्टाचार र भ्रष्ट कर्मचारीलाई गरिएको कार्वाही हो । बाँकी सबै विषयवस्तु तपशीलका हुन ।

यदि गौण विषयलाई नै मुख्य विषय बनाउने हो भने उनलाई पनि सामाजिक सञ्जालमा ‘थारुको भिजनै छैन’ भनेर सार्वजनिक गरिएको टिप्पणीहरु पनि आपत्तिजनक हुन । उनले यस्तो आपत्तिजनक नश्लीय टिप्पणीलाई पनि मुख्य बनाउन सक्थे तर उनले यसलाई महत्व दिएको देखिन्न । इटहरी नगरका मेयरको भिजन छैन भनेर सार्वजनिक टिप्पणी जति पनि गर्न सकिन्छ । तर, ‘थारुको भिजन छैन’ भन्न सकिन्न । यो टिप्पणीमा नश्लीय र साम्प्रदायिक गन्धमात्र छैन, यो घोर आपत्तिजनक र नेपाली समाजको साम्प्रदायिक सद्भाव विथोल्ने जनघाती, राष्ट्रघाती कुकर्म हो । यस्तै नश्लीय आधारमा कसैप्रति विषवमन गरिएका घटनाहरुले दुर्घटना निम्त्याउन सक्छ । 

मेयरको बीचबचाउ गर्नु यो लेखनीको आसय होइन । तर, कुनै पनि घटनाको पक्ष विपक्षको विवादको चुरो खुट्याउन सक्नु पर्छ । घटनाको पृष्ठभूमिमा गएर रौं चिरा र कपडछान गरेपछि मात्र निश्कर्षमा पुग्न सकिन्छ । मेयरले भ्रष्टाचारीहरुमाथि गरिएको कार्वाही स्वरुप निस्किएको यो धुँवा हो । ऐलानी पर्ती जग्गा कब्जा गर्ने भूमाफियामाथि मेयरले डोजर चलाएपछि यो घटनालाई मोड्न खोजिएको हो । 

यदि मेयरले भ्रष्ट कर्मचारीमाथि कार्वाही नगरेको भए, भूमाफियाको स्वर्गमाथि हमला नबोलेको भए यो प्रकरण यहाँसम्म आइपुग्ने थिएन । तर, बीचमा प्रसंगवस, भुलवस, असावधानीवस, भाषागत, शैलीगत त्रुटीलाई मात्र टपक्क टिपेर उनलाई अपराधी बनाउनु घटनालाई अन्यत्र मोड्नु बराबर हो । यसमा संस्थागत विरोधको आसयले त्यस्ता संस्थाहरुको गरिमालाई नै घटाउँछ । यदि मेयरले भ्रष्ट र माफियालाई कार्वाही गर्न हिम्मत जुटाएको हो भने उसलाई होस्टेमा हैंसे गर्नु नागरिकको कर्तव्य हुन्छ । नागरिकको प्रतिनिधित्व गर्ने संस्थाको पनि दायित्व हो । यस्तो दायित्व पूरा गर्ने मामिलामा त्यस्तो संस्था चुक्यो भने नागरिकको समर्थन हुन्न । 

भाषागत, शैलीगत त्रुटी :

बितेको समयमा भाषागत त्रुटीका कारण धेरै नेपालीहरुले जेल जीवन भोगेको इतिहास साक्षी छ । खासगरी तामाङ, भोटे समुदायका मानिसहरु यस्तो उत्पीडनमा परेको केही शताब्दी अगाडिको कुरा हो । गाई, गोरु भिरबाट लडेर म¥यो मासु खायौं भन्नु पर्नेमा ‘म¥यो’ भन्नु पर्ने शब्दको साटो ‘मा¥यो’ भन्दा अनाहकमा जेलजीवन विताएको अनेक किस्सा सुन्न पाइन्छ । आज पनि गाउँ घरमा तिनले कानुनी शब्दको ज्ञान नराखेर फस्न सक्छन् ।

यस्तै नेपालका धेरै आदिवासी जनजातिको आफ्नै मातृभाषा छ । मेयर चौधरी पनि नेपाली मातृभाषी होइनन् । यसर्थ कुनै नेपाली भाषाका जानकार जस्तो उनले बोल्ने भाँती, शैली, शब्द संयोजन गर्न नसक्नु अनौठो होइन । तर यो त रुप पक्षमात्र हो । फेरि रौद्र समयमा केही तलमाथि अवश्य हुनसक्छ । अपाच्य नै सही उनको पदीय हैसियतमा नसुहाउँदो बचन निस्कियो, निस्कन पनि सक्छ । तर, इटहरी घटनाको परिवेश मेयरले प्रयोग गरेको त्यही कथित ‘अपशब्द’ वा धमास नै मात्र हो ? के अब त्यहाँ तिनै शब्दको पैरवी गरेर उनलाई कार्वाहीको दायरामा ल्याउने ? पार्टीबाट हदैसम्मको कार्वाही गराउने ? थारु समुदायबाट नेतृत्वमा उठ्दै गरेको एउटा होनहार नेतालाई सिध्याउने ? शेरबहादुर तामाङ बनाउने ? लक्की शेर्पा बनाउने ? या उनले गरेको कार्वाहीमा बहस चलाउने ?

उनले त भ्रष्ट, माफियालाई तह लगाएरै छाड्ने कुरा न गरेका छन् । जनताको कर सिध्याउने भ्रष्टलाई कार्वाही गर्ने विषयको महत्व कुनै शैलीगत त्रुटीका कारण सेबोटेज गर्ने ? यो काम बुर्जुवाहरुले मात्र गर्छन् । दलाल पुँजीपतिको सेवा गर्नेले मात्र सोच्न सक्छ । उनले दुर्गा पार्टी प्यालेसबाट सांस्कृतिक क्रान्तिको सुरुवात भएको ठोकुवा पनि गरिसकेका छन् । समाजवाद उन्मुख राजनीतिमा उनी इमान्दार साथ लागेको हुन भने यो काममा उनलाई सघाउनु पर्छ । र, आजको युगको उनी माओको अनुयायी रहेछन भन्ने बुझ्नु पर्छ । माओले कम्युनिष्ट पार्टीहरुमा रहेका भ्रष्टहरुलाइ जसरी सांस्कृतिक क्रान्तिताका सडकमा पछारेका थिए । त्यो गर्ने छुट हरेक नेपालीलाई छ । मेयर चौधरी त स्थानीय सरकारका प्रमुख नै भैहाले उनलाइ नहुने कुरै भएन । 

तर, घटनालाई अन्यत्र मोड्ने कोशिस भइराखेको छ । यस्तै घटनालाई अन्यत्र मोड्ने र मिडियामा सेलिब्रेटी हुने रोगले नेता, कलाकार सञ्चारकर्मी पनि उत्तानो भएको विषयमा बरिष्ठ पत्रकार किशोर नेपालले क्यानडा नेपालको एक अन्तवार्तामा सटिक जवाफ दिएका छन् । उनले त्यो अन्तरवार्ताकारलाई पत्रकारले ट्याक्टफुल काम नगर्दा पत्रकारहरु उल्लु र बेबकुफ भएको प्रसंग उठाएका छन् । उनले पत्रकारिता गर्ने मान्छेसँग नै समस्या भएकोले दुर्घटना निम्तिएको पनि उल्लेख गरेका छन् । खेलको नियमहरु ह्ुन्छन सबैले त्यो खेलको नियम मान्नु पर्ने तर नमान्दा नै आजका पत्रकारहरु समस्यामा परेको ठोकुवा गरेका छन् । ‘नैतिकता त ठूलो कुरो हामीले मान्न सकेका छैनौं, नियम नमान्दा आजका पत्रकारहरु समस्यामा पर्ने गरेका छन्’ उनले भनेका थिए ।

झिल्को डटकममा पत्रकार भवानी बराल लेख्छन्- अन्त्यमा, एकजना नागरिक खगेन्द्र पराजुलीले आफ्नो सामाजिक सञ्जालमा लेखेका कुराप्रति ऐक्यबद्धता जनाउँछु, ‘मेयर चौधरी अर्गानिक मान्छे हुन । उनलाई अरु चण्डालहरुले जस्तो लप्पनछप्पन र तिगडमबाजी गर्न आउँदैन । मनमा पाप नभएपछि आवेगको पारो जसलाई पनि चढ्छ ।’    

ओली तर्सिएपछि टर्यो सम्भावित घटना

काठमाडौं । अन्ततः गुठी विधेयकमा सरकार पछि हटेको छ । तथापि आन्दोलन कारीहरु भने सडकमै छन् । विधेयक ३ असारसम्म फिर्ता नभए आन्दोलन अनियन्त्रित भई खतरनाक

 मध्यावधिका लागि तयार रहन ओलीले दिए प्रचण्डलाई धम्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मध्यावधि निर्वाचनको धम्की दिएको बुझिएको छ । सत्तामा आलोपालोको

दुई तिहाई सरकार: कायर, निम्छरो र नकच्चरो तर्क

दुई तिहाईको ऐतिहासिक र बलियो सरकार किन यस्तो कायर, निम्छरो र नकच्चरो तर्क गर्दछ ? ***** ***** आफू हतारहतार कुनै कार्ययोजना तयार नै नगरी वाइडबडी खरिदको

धरापमा हिमालयन बैंक

काठमाडौं । केही समय पहिला हिमालजस्तै अटल रहेको हिमालयन बैंक ऋण उठाउन नसकेपछि धरापमा पर्न थालेको छ । उक्त बैंकले अन्धाधुन्दा जग्गामा लगानी गर्दा यस्तो