विश्वकप खेल्न तयार थिए भिलियर्स, क्रिकेट बोर्ड नमानेको खुलासा

एजेन्सी । जारी विश्वकपमा दक्षिण अफ्रिकाको खराब प्रदर्शनका बिच सनसनीपूर्ण खुलासा भएको छ । गत वर्ष राष्ट्रिय टोलीबाट सन्यास लिएका स्टार क्रिकेटर एबी डे भिलियर्सले विश्वकपको लागि सन्यास फिर्ता लिन तयार रहेको र आफुलाई टोलीमा राख्न आग्रह गरेको बताइएको छ ।

विश्वकप क्रिकेटको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाको टोली सन्तुलित नदेखेकोले भिलियर्सले आफु उपलब्ध भएको बताएपनि दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले उनको प्रस्ताव नमानेको खुलेको छ ।

इंग्ल्याण्ड आयोजना भइरहेको यस विश्वकपको सुरुको तीन खेलमा कमजोर प्रदर्शनका साथ तीनै खेल हारेको दक्षिण अफ्रिकाका समर्थकहरुले सुरुवात देखिनै भिलियर्सले सन्यास फिर्ता लिएर आउनु पर्ने आवाज उठाइरहेका छन् । आईपीएल लगायतको फ्रान्चाइज टी–२० क्रिकेट खेलिरहेका भिलियर्स अझै पनि फर्ममा रहेका छन् ।

यस्तोमा उनको उपस्थितीले टोलीको लागि अत्यावश्यक सन्तुलन कायम गर्ने अपेक्षा सहित उनको माग भइरहँदा यस्तो खबर बाहिरिएको छ ।

बाहिरिएको खबरअनुसार भिलियर्सले अन्तिम टोली घोषणा हुनु एक दिन अगाडि मात्रै खबर गरेकोले पनि उनलाई टोलीमा समावेश गर्न नमिलेको बताइएको छ ।
भिलियर्सले कप्तान फाफ डु प्लेसी, प्रशिक्षक ओटिस गिब्सन र छनौटकर्ता लिन्डा जोन्डीसँग सन्यास फिर्ता लिन तयार रहेको बताएको थाहा भएको छ । खबरअनुसार भिलियर्सको उक्त अनुरोध माथी सामान्य रुपमा बिचार पनि गरिएको थिएन ।

दक्षिण अफ्रिकाले शुरुको तीन खेल हारिसकेको छ । सेमिफाइनल पुग्ने सम्भावनाको लागि बाँकि ६ वटा खेलनै जित्नुपर्ने देखिएको छ ।
भिलियर्सको यो खबर बाहिरिएसँगै क्रिकेट जगतमा तरंग उठेको छ । विशेषगरी दक्षिण अफ्रिका क्रिकेटसँग सम्बन्धीतहरु बिच यो चर्चित बनिरहेको छ ।

 

एसिसी यू–१९ एसिया कपका लागि खेलाडी छनोट

  काठमाडौँ, ५ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट

यसरी चुनौती बेहोर्दैछ रिबेरी

मिलान, ५ भदाै । बायर्न म्युनिखका लिजेन्ड फ्रान्क रिबेरीले सिरी ‘ए’ क्लब फिओरेन्टिनासँग दुईवर्षे सम्झौता गर्दै बुधबार अन्तिमपल्ट चुनौती बेहोर्न

नयाँ शैली पस्कँदै युभेन्ट्स

मिलान, ५ भदाै । युभेन्ट्सले सिरी ए को नयाँ सिजन अबको सप्ताहन्त सुरु गर्दै छ, नयाँ प्रशिक्षक माउरिजियो सारीको नेतृत्वमा । लगातारको लिग च्याम्पियन

 यू–१५ साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

  काठमाडौँ, ४ भदौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा