बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

जाकार्ता, २३ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।

     गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

    यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो ।

    चालक दलका सदस्य यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धारकार्य जारी शुरु भएको  थियो । बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ ।

 इन्डोनेसियामा करिब १७ हजार ५०० सय द्वीपहरु रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको पाइन्छ । 

कतिपय अवस्थामा व्यक्तिहरुको सुरक्षामा कम ध्यान दिइएको र क्षमता भन्दा बढी  यात्रु डुङ्गामा सवार हुने जस्ता कारणले दुर्घटाना हुने गरेको पाइन्छ । रासस/सिन्हवा

 विश्वकै धनाढ्यका २४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।  विश्वकै धनाढ्य एलन मस्कको

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

कजाखस्तान, १० असार । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान

अमेरिकाले इरानलाई लगाएको नयाँ प्रतिबन्दको कस्तो असर ?

अमेरिका, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । देशका सर्वोच्च नेता

ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने

सोल, ९ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु