जापानमा चुच्चे जुत्ता र दाह्रीको रोचक द्वन्द

टोकियो । एशियाकै अग्रणी देश जापानमा महिला कर्मचारी र पुरुष कर्मचारीवीच अग्ला हिल भएका चुच्चे जुत्ता र दाह्रीलाई लिएर रोचक द्वन्द चलिरहेको छ । कार्यालय परिसरबाट सुरु भएको यो द्वन्दमा एकजना लोकप्रिय कलाकार जोडिएपछि अब यो अदालतभित्र प्रवेश गरेको छ ।     

अदालतमा १९ हजार महिलाले चुच्चे जुत्ता अनिवार्य लाउनु पर्ने नियमको विरोधमा मुद्दा दायर गरेका छन् । यसको शुरुवात ३२ वर्षिय जापानी अभिनेत्री युमी इशिकावाले गरेकी हुन् । उनले ट्वीट गर्दै लेखेकी थिइन्–“यो चुच्चे जुत्ता त मुर्दा घरमा काम गर्ने महिलालाई मात्रै काम लाग्ने कुरा हो ।” यो ट्वीटरको खबर ३० हजार मानिसमा फैलिएको थियो ।    

२०१५ मा लण्डनमा एक रिसेप्सनिष्टले हिल जुत्ता लगाएर काम गर्न नमानेको खबर प्रख्यात भएको थियो । त्यस विषयमा चर्काचर्की परेपछी उनलाई कार्यालयले तलब पनि नदिइ घर फर्काईदिएको थियो ।    

जापानी समाचार संस्था क्योडो न्यूजका अनुसार मीटु अभियान जस्तै कुट् अभियान जापानमा चलेको छ । कुट्को मतलब जुत्ता हुन आउँछ । मीटुमा संसारभरीको यौन शोषणको बारेमा प्रश्न उठाइन्छ भने कुटुमा जुत्ताका बारेमा महिलाहरुको प्रश्नको बहस चलाइन्छ । भनिन्छ कुटु अभियानले कार्यालय परिसरमा चुच्चे जुत्ता लाउनुपर्ने वाध्यात्मक सोचमा परिवर्तन हुँदै जानेछ । 

कलाकार इशिकावा भन्छिन्– “कार्यालयमा पहिरन सम्बन्धी नियम बन्छ त ! चुच्चे हिल जुत्ता लाउनुमात्र कार्यालय परिसरमा महिलाको मर्यादाको बिषय हुन सक्दैन । उनीहरुले पुरुषले जस्तै फ्लाट चप्पल लाउन पाउनु पर्छ ।” उनले जापानी अधिकारीसँग पनि भेटिन् तर ड्रेस कोडमा परिवर्तन भएन । भलै सहानुभूति भने देखाइयो ।     

पीडब्लुसी भन्ने फाइनान्स कम्पनीले पनि हाई हिलको बिरोध गरेको पाइन्छ । हाई हिल जुत्ताले खुट्टामा असर पु¥याउने तर्क गरिन्छ । यसको प्रयोगले मानिस लड्ने, शारीरिक चोट लाग्ने बताइएको छ ।     

सन् २०१७ मा क्यानाडामा चुच्चे जुत्ताको प्रयोग हटेको थियो । पुरुषहरु कार्यालय परिसरमा सधैं दाह्री सफा राख्नु पर्ने वाध्यताबाट छुट्कारा चाहन्छन् । एक युजरले जापानी सामाजिक सञ्जाल कुटुमा लेखेका छन्– ‘पुरुषहरु महिलाको चुच्चे जुत्ता प्रयोग गर्नुपर्ने सामाजिक समस्याप्रति सदासयता व्यक्त गर्छन् । तर पुरुषहरुलाई पनि कार्यालय परिसरमा दाह्री पाल्ने स्वतन्त्रता चाहियो नि । किन सधैं सफाचट बनाएर काट्नैपर्ने वाध्यता ।’

जापानमा यसरी चुच्चे जुत्ता र दाह्रीका बिषयमा निकै रोचक बहस चलिरहेको छ । यसबारे त्यहाँका नीतिनिर्माता र अधिकारीहरु सोच्न वाध्य भएको समाचार एजेन्सीहरुले लेखेका छन् । (क्योदो समाचारबाट)

चौतर्फि बिरोधपछि रेशम चौधरीको खुट्टाको नेल हटाइयो

काठमाडाैं, ८ असार । प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल हटाइएको छ

 भिडियो गेम खेल्न नपाउँदा आमा बाबुको ज्यान लिने प्रयाश

काठमाडौं । भिडियो गेम खेल्ने लत लागेको व्यक्ति कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण थाईल्याण्डमा देखिएको छ । यो खेलको लत कुनै पनि दुव्र्यशनको लतभन्दा

पक्कि घर बनाउन आशमा कतार उडेका चौधरीलाई कच्ची बाकसमा पर्खदैं परिवार

नारायणपुर, ५ असार । प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमानसँग कुरा गर्थिन । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी

छोरी जन्मिए २० वर्षसम्म भत्ता पाइने

दाङ, ३ असार । तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले