यसो गरौं, एकदिन नरिसाउने व्रत बसौं !

प्रश्न आएको छ, व्रत के हो ? हप्तामा एक दिन व्रत बस्ने चलन छ । एकादशी भनेर पन्ध्र दिनमा एक दिन व्रत लिने चलन छ । यो व्रत लिएर के हुन्छ? सुन्दर प्रश्न छ ।

व्रत बस्नु अति नै कल्याणकारी छ । धेरै नै राम्रो हो । तर व्रत केको बस्ने ? यो चाहिँ हामीले थाहा पाउनुपर्छ । हाम्रो बुझाइमा व्रत बस्नु भनेको केही नखाईकन बस्नु हो । अथवा सधैं जस्तो प्रकारको खाना खान्थें, त्यो भन्दा भिन्न प्रकारको खाना खानुलाई हामी व्रत बस्नु भन्छौं । तर हामीले बुझेनौं । जसले व्रतको व्यवस्था ग¥यो, उसको आशयलाई बुझेनौं ।

 

खाना नखानु मात्रै व्रत हैन । सधैं ठोसाठोस गरेर खानुहुन्थ्यो, हप्तामा एक दिन खानुभएन, पेटलाई आराम भयो, स्वास्थ्य अलिकति ठीक होला, यति ठीक छ । यो भन्दा बाहेक खान नखाएर कुनै प्रकारको धर्म हुँदैन । आजसम्म व्रत बसेर कुनै मानिस रुपान्तरित भएको छैन । व्रत बसेर नकारात्मक मानिस सकारात्मक पनि भएको छैन, मन परिवर्तन भएको छैन । हाम्रा ऋषिहरुले यो व्रतको नियम किन बनाए ? यसको विज्ञानलाई खोजौं । एउटा व्रतमा यो–यो कुरा खान हुन्न भन्ने हुन्छ । अर्को व्रतमा यो–यो खानुपर्छ भन्ने पनि छ । दुई भाग छ । खानेकुरा पनि छुट्याएको छ । नखाने कुरा पनि छुट्याएको छ । खानेकुरा के हो ? यो पत्ता लगाऔं । यो कुरा बुझ्यौं भने जीवन रुपान्तरित हुन्छ । फरक पर्छ । हामी रिसाउँछौं । कसैले अलिकति नराम्रो कुरा ग¥यो भने चित्त बुझ्दैन । रिस आइहाल्छ । नरिसाउँ, रिसले आफैंलाई नोक्सान गर्छ भन्यो तर मिल्दै मिल्दैन । यो रिसलाई हटाउन जति खोजे पनि मिल्दैन । रिस कसरी हटाउने ? यसका लागि हाम्रा ऋषिहरुले व्रतको नियम बनाए । एक दिन फास्टिङ, म रिसाउँदिनँ । आज मैले नरिसाउने व्रत लिएको छु । अब व्रत लिएपछि त पूरा गर्नुप¥यो । जुन दिन खाना खान्न भनेर व्रत लिएको छ, त्यो दिन खान हुन्छ र ? व्रतको दिन त जसरी पनि सहनुप¥यो नि । जति भोक लागे पनि अब खान्न भनेको छु, संकल्प गरेको छु, त्यो दिन खान त भएन ।

 

आज रिसको व्रत बस्यौं हामी सजग हुन्छौं । आफ्नो संकल्प पूरा गर्नलाई पनि हामी रिसाउँदैनौं । नरिसाउनको लागि सहज हुन्छ । आज नरिसाउने, आज रिसको व्रत हो । हप्तामा एक दिन नरिसाउने व्रत बस्यौं भने रिस आफैं शान्त हुन्छ । हाम्रो रिसलाई कसरी व्यवस्थित गर्नुपर्दो रहेछ ? हामीले त्यो कला आफैंm सिक्छौं । जान्दछौं । अनि अर्को व्रत लिने, अर्को दिन । आज म कसैलाई पनि दोष दिन्न, चाहे जेसुकै गल्ती गरोस्, अरुको म आलोचना गर्दिनँ । कसैको कुराचाहिँ काट्दिनँ, यसको व्रत । आज अरुको आलोचना नगर्ने व्रत, कठिनाइ छ, खाना नखाएर बस्न त सजिलो छ, यति सजिलो व्रत त जसले पनि लिन्छ नि । यो व्रत लिएर हेरौं न कति कठिनाइ छ र यसले रुपान्तरण गर्छ । यसले जीवनलाई परिवर्तन गर्छ । यसले स्वभावलाई परिवर्त गर्छ । यो असली व्रत हो ।

 

आज म कसैको आलोचना गर्दिनँ । त्यसको व्रत लिनुस् । त्यसको व्रत लिनुस् । आज कसैले सम्मान गर्ला कि भनेर पर्खिन्न । आश गर्दिनँ । आज जति मानिस भेट्छु म, मात्रै सम्मान गर्छु । प्रत्येक व्यक्तिलाई सम्मान गर्छु । सबैलाई आदर गर्छु । आज यो व्रत । मानिस कहाँबाट कहाँ पुग्छ र बानी लाग्छ, आदत लाग्छ । हप्तामा एक दिन मात्रै अरुलाई आदर गर्ने बानी बसाल्नुस् । एक दिनचाहिँ बिहानदेखि बेलुकासम्म म कसैलाई पनि सम्मान मात्रै गर्छु । चाहे सानो होस्, ठूलो होस्, आफ्नै हात जोड्छु, आफैं मुस्कुराउँछु, नमस्कार गर्छु । उसले के गर्छ प्रतीक्षा गर्दिनँ । उसले मलाई राम्रो मुखले बोल्छ, नराम्रो मुखले बोल्छ, म प्रतीक्षा गर्दिनँ । मचाहिँ राम्रो गरी नै हाल्छु । यो मेरो व्रत हो भन्नुभयो । हप्तामा एक दिन गर्नुभयो । तपाईंलाई सम्मान गर्ने बानी लाग्छ । आज जसलाई हाँसेर नमस्कार गर्नुभएको थियो, भोलि त्यो मान्छे आफैं तपाईंलाई नमस्कार गर्छ । किनभने उसले बुझ्छ, यसले त देख्यो कि मलाई नमस्कार गर्छ । किन प्रतीक्षा गर्ने ? म पनि गरिहाल्छु नि भन्छ । सद्भाव बढ्छ । जस्तो हामी दिन्छौं, त्यस्तै पाउँछौं । मैले सम्मान दिन थालेपछि मैले पनि सम्मान पाउँछु । यो व्रत बसौं । यसले जीवनलाई रुपान्तरित गर्छ । जीवन सुन्दर हुन्छ । यो व्रत हो ।

 

एकादशी भनेको के हो ? एउटा मात्रै कुरा गर्नुलाई एकादशी भनिन्छ । जहाँ दुईटा गर्दिनँ आज । कसैलाई अपमान गर्ने, कसैलाई सम्मान गर्ने, म छुट्याउँदै छुट्याउँदिनँ । आज एउटै मात्र काम गर्छु । आज सम्मान मात्रै गर्छु, जोसुकै होस्, यो हो एकादशी । एउटा मात्रै काम गर्नुलाई एकादशीको व्रत भनिन्छ । खाँदै नखाई बस्नु यो व्रत हैन । हाम्रा ऋषिहरुले यो भनेकै हैनन् । हामीले कुरा बुभेनौं । हामीले आप्mनो धर्मको, आफ्नो संस्कृतिको, परम्पराको विज्ञानलाई बुझ्दै बुझेनौं । त्यत्तिकै नबुझिकन, लहैलहैमा लागेर प्रयोग ग¥यौं । अरुले जे ग¥यो, त्यही ग¥यौं । कागले कान लग्यो भनेपछि कागको पछाडि दौडियौं, आफ्नो कान छामेनौं ।

 

कसैले भनिदियो, खाना नखाईकन बस बाबु धर्म हुन्छ । अब तपाईंले खाना खानु या नखानुसँग धर्मलाई के मतलब ? तपाईंको पेटलाई चाहिँ अलिकति मतलब हुन्छ । अरुलाई के मतलब हुनु ? के खाना नखाएर बस्दैमा प्रेमभाव उत्पन्न हुन्छ ? भगवान्प्रति भक्ति लाग्छ ? झन् भोको पेटले रिस उठ्छ, केको भक्ति हुनु ? भगवान्को पूजा गर्छु, भगवान्को ध्यान गर्छु भनेर बस्यो, खानेकुराको ध्यान आइराखेको हुन्छ । ओहो कस्तो मीठो पकायो, मेरो व्रतकै दिन यति मीठो खानेकुरा पकाउनुपर्ने ? घरका मान्छेहरु देखेर रिस उठ्छ । यसले भगवान्को भक्ति हुँदैन । आज म सबैको सम्मान  गर्छु, सबैको आदर गर्छु, सबैलाई आज माया मात्रै दिन्छु, यो व्रत बस्नुभयो, यसले चाहिँ भक्ति जगाउँछ । यसले चाहिँ प्रेम जगाउँछ । अब यो जागेको प्रेम ईश्वरतिर लगाउनुस्, या मानिसतिर लगाउनुस्, तपाईंको खुसी । किनभने तपाईंको हृदयमा प्रेम त भयो नि । अब जता–जता लगाए नि हुने भयो । तर हुँदै नभएको प्रेम कहाँ लगाउने ? प्रेम नै छैन भने न भगवान्मा लगाउन पाइयो, न मानिसमा लगाउन पाइयो । प्रेम जगाउनुपर्छ ।

 

आज म कसैलाई दुर्वचन बोल्दिनँ, आज मेरो मुखबाट अपशब्दचाहिँ निस्किँदै निस्किँदैन, यसको व्रत बसौं । हेर्नोस्, वाणीमा कति सुधार आउँछ ।अर्को दिन व्रत बसौं । आज म मीठो मात्रै बोल्छु । बोल्दाखेरि हतार गर्दिनँ । बिस्तार बोल्छु । सबैले बुझ्नेगरी बोल्छु र मीठो बोल्छु, आफ्नो स्वरलाई मधुरो बनाएर बोल्छु । आफ्नो स्वरमा मीठास भरेर बोल्छु । आज मेरो बोली रुखो हुँदै हुँदैन । कसैले चिप्लो दलेको भने पनि भनोस्, उसको कुरा हो तर म आज चिप्लो भएरै बोल्छु । नरम भएरै बोल्छु । यसको व्रत बसौं ।

 

आज म शुभ कर्ममात्रै गर्छु । आज म अशुभ गर्दै गर्दिनँ । कुनै पनि मानिसलाई अहित हुने काम गर्दिन । मानिस मात्रै हैन आज कुनै पनि जनावर, कीराफट्यांग्रा जोसुकै होस्, कसैको पनि नराम्रो हुने काम म गर्दिनँ । सबैको हित हुने काम मात्रै गर्छु । आज सर्वकल्याणको लागि काम गर्छु । मेरो स्वार्थको लागि मैले जीवनभरि काम गरेँ, आफ्नो फाइदाको लागि काम गरेँ, एकदिन चाहिँ म अरुको स्वार्थको लागि काम गर्छु । आजको दिन अरुको सेवा गर्ने दिन । आज सेवा मात्रै गर्ने, अरुलाई खुसी मात्रै बनाउने । यो व्रत बसौं । शुभकर्महरु छनौट गरौं । आफूभित्र के गुण छैन जस्तो लाग्छ, खोजौं । आफूलाई हेरौं, मसँग कस्ता गुण छन्, कस्ता अवगुण छन्, एक दिन अवगुणलाई हटाउन व्रत बसौं । यो अवगुणचाहिँ आज प्रयोग गर्दिनँ । मान्छे भेट्टायो कि प्याच्च बीचमा बोलेर चित्त दुखाउने बानी छ । आज म कसैको चित्त दुखाउँदिन । यो अवगुणलाई आज हटाएँ ।

 

एक दिन व्रत बसौं । आफ्ना अवगुण के–के छन्, खोजौं । थुप्रो–थुप्रो छन् । एउटा–एउटा अवगुणलाई प्रयोग नगर्ने व्रत बसौं । र केही राम्रा गुणहरु छन्, जो ममा छैनन्, अरुको देख्दाखेरि मलाई राम्रो लाग्छ । आहा, यो मानिससँग कति राम्रो आदत रहेछ, बानी रहेछ, गुण रहेछ, मसँग चाहिँ छैन भन्ने लाग्छ । आज त्यो गुणमात्रै प्रयोग गर्छु । आज दिनभरि जे छैनन् म त्यसको प्रयोग गर्छु । आज गुणको मात्रै प्रयोग गर्छु, आज अवगुणलाई प्रयोग गर्दिनँ । यो असली व्रत हो ।

 

हाम्रा ऋषिले यही सिकाएका हुन्, हाम्रो धर्मले यही सिकाएको हो । त्यही भएर एकादशी नाम रहेको हो । दशमीको दिन व्रत बस्दा पुण्य पाइन्छ भनिदिएको भए हामी दशमीकै दिन व्रत बस्थ्यौं । एकादशीमा किन भनेको हो भने एकैपटक सबै कुरा गर्न सकिन्न । आफूभित्र रहेका अवगुणहरुलाई एकै दिन हटाउन सकिन्न । एउटा गुण ल्याऔं । एक दिन एउटा चीजको अभ्यास, त्यसकारण एकादशी छनौट गरिएको हो । एउटा–एउटा अवगुणलाई हटाउन व्रत बस । एउटा–एउटा गुणलाई लिएर आउने व्रत बस । या हप्तमा एउटा सकेनौ भने पन्ध्र दिनमा एउटा व्रत बस ।

 

एकादशी यो चाहिँ बस्नैपर्छ । एकादशीको व्रत जो बस्दैन, त्यो मानिस त नर्कमा जान्छ । वास्तवमै नर्कमा जान्छ । आफ्नो अवगुण नै अवगुण लिएर पनि कोही स्वर्गमा जान्छ र ? सबै आदत, बानी व्यहोरा नराम्रा छन्, अवगुणै अवगुणले भरेको छ, त्यस्तो मानिस पनि काहीँ सुखी हुन्छ ?यही जन्मलाई नर्क बनाइहाल्यो नि । तर एकादशीको व्रत बस्यो भनेचाहिँ स्वर्ग जान्छ । किन जान्छ भने प्रत्येक पन्ध्र दिनमा एउटा मात्रै अवगुणलाई पनि हटायो भने र अर्को एउटा शुभगुणलाई लिएर आयो भने कति गुणहरु हुन्छन् । योे हो व्रत । हामी बोलेको बोल्यै गर्छौं । अरुलाई राम्रो लागोस्, नराम्रो लागोस्, मतलबै छैन । एकदिन व्रत बसौं आज म बोल्दिनँ । आज बोलीको फास्टिङ, व्रत । मुखले मात्रै हैन, मनले पनि बोल्दिनँ । मन पनि चूप लगाउँछ, मुखलाई पनि चूप लगाउँछु । दुईटै कुरा बोल्दिनँ । सजग हुन्छु । आज व्रत बसौं । शुरु–शुरुमा कठिनाइ होला । पछि सहज हुन्छ । सजिलो हुन्छ । गर्न सकिन्छ । आज नबोल्ने व्रत बस्ने । यो हो व्रतको विज्ञान ।

हामी सबैलाई पनि आफ्ना अवगुणहरु व्रतको माध्यमद्वारा हटाउने र शुभगुणहरु व्रतको माध्यमद्वारा आफूमा लिएर आउने अवसर मिलोस् ।  

(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)

 मानिसहरु किन राजनीतिज्ञसँग टाढा रहन चाहन्छन् 

‘अहिंसा परमो धर्मः’– अहिंसालाई सबैभन्दा ठूलो धर्म मानिएको छ । तर हिंसा भइहाल्छ । यो हिंसाबाट कसरी बच्ने होला ? प्रश्न आएको छ । हिंसाबाट बच्नुभन्दा

तनावबाट यसरी मिल्छ छुट्कारा  

मैले सुनेको थिएँ, एकपटक भगवान्को अदालतमा दुईटा मुद्दाहरु परेछन् । अनि मुद्दा पेश गर्ने मानिसले भन्यो, दुईटा मुद्दा परेका छन् भगवान्, पहिलो मुद्दा

आज तपाइँको भाग्य कस्तो छ ? हेनुस् राशिफल

मेषः मिष्ठान भोजन वृषः भाग्य वृद्धि मिथुनः अपव्यय कर्कटः प्रियजन भेट सिंहः वैमनस्यता कन्याः मनोकांक्षा पुर्ण तुलाः वादविवाद वृश्चिकः शत्रु

वास्तुले भन्छ, यसरी हुन्छ धनवृद्धि

एजेन्सी । वास्तुशास्त्रको अनुसरण पौराणिक समय देखि नै गरिँदै आएको भएपनि पछिल्लो समय यसको आकर्षण ह्वात्तै बढेको छ । यसको आधुनिक व्याख्या गर्न शुरु